सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको नेतृत्व परिवर्तन हुँदैन : उपप्रधानमन्त्री पोखरेल


  •    /१५ असार २०७६, आईतवार १४:२५ 
  • सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार सिन्धुलीमाढीमा आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको सफलता विषयक विचारगोष्ठी समारोहमा उहाँले विरोधीका आरोपभन्दा पनि वास्ताविकता बुझ्न आग्रह गर्नुभयो ।

    सरकार सञ्चालन आलोपालो भन्ने चर्चा धेरै भएको भन्दै उहाँले सरकार सञ्चालनमा आलोपालो भन्ने विषय नेकपाको सचिवालयले औपचारिक ढङ्गले नजान्ने उल्लेख गर्नुभयो । दुई नेताबीच भद्र सहमति भए पनि उहाँले अभ्रद तरिकाले चर्चा गरेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । पार्टीमा छलफल भएमा टुङ्ग्याउने तर अनावश्यक हल्लाको पछि लागेर मन खिन्न नबनाउन कार्यकर्तालाई समेत आग्रह गर्नुभयो । सरकार यसैगरी चलिरहनेमा ढुक्क हुनसमेत उहाँको आग्रह थियो ।

    सरकारले सङ्कल्प गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्ने बताउँदै उहाँले भन्नुभयो, “यतिबेलाको अवस्था कस्तो छ भने खोलामा धमिलो बाढी आएको छ, तर नतरी भएको छैन, कसरी तर्ने त खोला ? खुट्टाका आँैलाले छाम्दैछाम्दै विस्तारै तरेजस्तै गरी तर्नु पर्नेछ, अहिलेको अवस्थामा थुप्रै चुनौती र अप्ठ्यारा रहेकाले सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्नेछ ।”

    उहाँले सरकारका नीति तथा कार्यक्रम र एकतापछिको साझा निर्वाचन घोषणापत्रसँगै राखेर तुलना गर्न आग्रह गर्नुभयो । अहिलेको सरकार तत्कालीन घोषणापत्रभन्दा पछि नरहेको र सरकार सञ्चालनको पाँच वर्षको अवधिमा विस्तारै सबै प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.