सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पताललाई एक्सपर्टले दियो अक्सिजनसहितको सिलिण्डर


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १८:३२ 
  • भरतपुर, २ जेठ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ । आज (आइतबार) अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो ।

    एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरन पौडेलले सो अक्सिजन अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीलाई हस्तान्तरण गरे ।

    अहिलेको महामारीमा मात्र नभई दिर्घकालिन रुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरि अस्पताललाई सहयोग गरिएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘अहिले अक्सिजन नपाएर अस्पतालमा बिरामी भर्न हुन कठिनाई भइरहेको समाचारहरु आउँदा निकै दुःख लागेको छ’ प्रवन्ध निर्देशक अधिकारीले भने ‘यस्तो बेला हामीले सकेको अक्सिजन सहयोग गरेका हौँ ।’

    उनले भरतपुर–१ रामनगरमा रहेको स्वर्गद्धारी ग्यास उद्योगबाट अक्सिजन सिलिण्डर खरिद गरी भरतपुर अस्पतालमा सहयोग गरिएको बताए । ‘सरकारी अस्पतालमा विपन्नदेखि सबैप्रकारका परिवारका बिरामीहरुको उपचार हुन्छ, सामान्यस्तरका जनता अक्सिजन नपाएर मर्न नपरोस् भनेर सहयोगलाई अगाडि बढाएका हौँ ।’ प्रवन्ध निर्देशक अधिकारीले हस्तान्तरण गरिएको सिलिण्डरमा पुनः एक पटक रिफिलको खर्च पनि एक्सपर्टले नै व्यहोर्ने जानकारी दिए ।

    अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले एक्सपर्टले गरेको यो सहयोग अतुलनीय रहेको बताए । ‘यस्तो महामारीको बेला एक्सपर्टले अक्सिजनसहितको सिलिण्डर नै सहयोग गर्नु ठूलो कुरा हो, यसले अस्पतालमा भर्ना भएका बिरामी अक्सिजन नपाएर कुनै समस्या व्यहोर्न पर्दैन’–डा.अधिकारीले भने । उनले आगामि दिनमा अझै एक्सपर्टबाट यस्तै सहयोगको अपेक्षा गरे ।

    यस्तै अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीले अहिलेको बेला सिलिण्डर पाउनै मुश्किल भएको बेला एक्सपर्टले सहयोग गर्नु सह्रानिय कार्य भएको बताए । उनले सिलिण्डरसंगै रिफिलको व्यवस्था समेत गरेकाले एक्सर्टलाई धन्यवाद व्यक्त गरे ।

    सो कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.