सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन समाज अष्ट्रेलियाद्वारा भरतपुर अस्पताललाई थप ३० वटा अक्सिजन सिलिण्डर सहयोग


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १८:०९ 
  • भरतपुर, २ जेठ । भरतपुर अस्पताललाई कोभिड उपचारका लागि स्वास्थ्य सामग्री सहयोग स्वरुप थपिने क्रम जारी रहेको छ । अस्पतालले कोभिड उपचारका लागि श्यया थप गरेपछि अक्सिजन लगायतका स्वास्थ्य सामग्री अभाव भएको थियो ।

    चितवनमा मूल घर भएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले आज आईतबार अस्पताललाई थप ३० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको हो । समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर खरिद गरी ठूला ३० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

    ती सिलिण्डर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल लगायतको उपस्थितिमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरिएको हो ।

    प्रबासमा रहेर पनि जिल्लावासीको स्वास्थ्यप्रति चिन्तित भएर सहयोग गरेकोप्रति अध्यक्ष अधिकारीले प्रशंसा गर्नु भयो । उहाँले अक्सिजनको अभाव भईरहेको समयमा भएको यस सहयोगले उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

    समाजले संस्थाका संरक्षक केशब प्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएर सहयोग गर्दै आएको छ ।

    यस अघि समाजले अस्पतालले १० वटा अक्सिजन सहित सिलिण्डर सहयोग गरिसकेको छ । घिमिरेले एउटा सिलिण्डरको रु.१७ हजार ५०० का दरले खरिद गरी सहयोग गरेको बताउँदै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.