सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा शय्या थपेपछि स्वास्थ्य सामग्रीको अभाव


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १०:३४ 
  • चितवन, ३० वैशाख । भरतपुर अस्पतालले कोभिड उपचारका लागि शय्या थप गरेपछि स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ ।

    अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको हो । अस्पतालले हालै शय्या र जनशक्ति थप गरेको छ । थप शय्याका लागि आवश्यक पर्ने सामग्री कमी हुने भएको हो । अस्पतालले एक सूचना प्रकाशित गर्दै कोभिड सङ्क्रमितका लागि छुट्याइएको शय्या सङ्ख्याभन्दा बढी सङ्ख्यामा बिरामीको उपचार गर्नु परेकाले सामग्रीको कमी हुँदै गइरहेको जनाएको छ ।

    अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी सूचनामा भनिएको छ, “बढी सङ्ख्यामा सङ्क्रमितको उपचार गर्नु परेको, आइसियू, एचडियु, भेन्टिलेटर एवं उच्च मात्राको अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या अत्यधिक रहेकाले सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गरिने सुरक्षा सामग्रीको मौज्दातमा समेत कमी हुँदै गइरहेको छ ।”

    विगतमा कोभिडका लागि छुट्याइएको शय्याका लागि एक महिनाको मौज्दात रहेको भए पनि शय्या थप गरेपछि त्यसले नधान्ने तिवारीले बताउनुभयो । उहाँले बोलपत्र प्रक्रियाबाट खरिद गर्दा पनि एक महिनाभन्दा बढी समय लाग्ने भएकाले सामग्री कमी हुने देखिएको बताउनुभयो । सामग्री अभाव हुँदै जाँदा सङ्क्रमितको उपचार व्यवस्थापन थप कठिन हुँदै गइरहेको अस्पतालले जनाएको छ । हाल पिपिइ र मास्क दैनिक १०० थान आवश्यक परेको छ भने शय्या थप भएसँगै यो सङ्ख्या पनि बढेर जानेछ ।

    अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले तत्कालका लागि सामग्री अभाव हुने भएपछि निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको बताउनुभयो । उहाँले न्यून आए भएका सङ्क्रमितहरुको सहज उपचारका लागि सहयोग गरिदिन समेत आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “कोरोनाको पहिलो लहरको समयमा झैँ अत्यावश्यक सामाग्री भरतपुर अस्पताललाई सहयोग गरिदिन म अपिल गर्दछु ।” अस्पतालमा धेरै भिडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने भएकाले अति आवश्यक अवस्थामा मात्र अस्पताल आउनसमेत अनुरोध गरिएको छ । अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र जथाभावी हिँडडुल नगर्न पनि मेसु तिवारीले अनुरोध गर्नुभएको छ । उहाँले सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा र स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञालाई पूर्णरूपमा पालना गर्न पनि अनुरोध गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.