“हिजो मातातीर्थ औंसीको दिन । सबैले आमाको फोटो राखेर ‘ह्याप्पी मदर्स डे’ भन्दै फेसबुकमा पोष्ट गरेको देख्दा मेरो मुटु भक्कानिएर आयो । अर्काको स्वार्थकोलागि, अरूले देखाएको लालीपपको लोभमा आफ्नी आमालाई धोका दिएर, आमाको छातीमा कुल्चेर आफ्नो घर भत्काउँदै हिंडेको कुराले यतिबेला पीडाबोध भएको छ । मलाई धिक्कार छ आमा ।
सुटबुटमा सजिएको, कालो चश्मा, टाई लगाएको, जुल्फी लर्काएको एउटा मान्छे आयो । चक्लेट दियो । लालीपप देखायो । उसले भन्यो म नै तिमीहरूको असली बाबु हुँ । कुरा सुन्दा होला जस्तो पनि लाग्यो । हामी उसैको पछि लाग्यौ । बिस्तारै उसले हामीलाई गाली गर्न सिकायो । गालीका फोहरी शब्दहरू पढायो । अनि हाम्रै आमा बिरूद्ध भड्काउन थाल्यो । हामी पनि उस्कै स्वरमा स्वर मिलाउँदै आमाका बिरुद्ध बक्न थाल्यौ । ७२ वर्षकी मेरी आमालाई सहारा चाहिने बेलामा हामीले घात ग¥यौं । नक्कली बाको पछि लागेर हिड्यौं । म त सानै थिएँ । दाई म भन्दा ठूलो थियो । धेरै कुरा बुझेको छ उस्ले जस्तो लाग्थ्यो । तर, उस्ले बुझेर पनि मलाई नभनेको रहेछ । उस्ले पनि मलाई भ¥याङ्ग बनाएर माथि उक्लन र आफ्नो स्वार्थ पूरा गर्न खोजेको रहेछ ।
मेरो घर । घर अगाडी सुन्दर फूलबारी । घर पछाडी बगैंचा, गैरीखेत । गोठमा लैनो भैंसी । भकारीमा धान । सुलीमा मकै, करेसामा तरकारी । के कमि थियो र हाम्रो ? “मेरो त भकारीमा धान छ । कुट्छु, खान्छु । तेरो चामल ! आगो चाहियो, पानी चाहियो, दाउरा चाहियो, पकाउन परो, भाँडा माझ्न परो…..” आदि भनेर कसैले उक्साएको भरमा, अर्काको बुद्धिमा लागेर अर्काको घर राम्रो देख्नु मेरो महाभूल थियो !
घरमा सबै कुराको रेखदेख गर्ने माली बा हुनुहुन्थ्यो ! फूलबारीमा रङ्गीबिरङ्गी फूल रोप्ने, झारपातको गोडमेल गर्ने, पानी हाल्ने कामदेखि बजार जाने, खेतीपातीको रेखदेख, अन्नपात, औषधीमूलोको जोहो उहाँले नै गर्नु हुन्थ्यो । हाम्रो पठन पाठन, घरको स्याहार सम्भार, वस्तुभाउको रेखदेख, पानीबत्ती सबै काम उहाँलेनै भ्याउनु हुन्थ्यो । हाम्रो आफ्नै बा नभए पनि हामीलाई अभिभावकत्व प्रदान गर्ने कुरामा कुनै कमी हुन दिनु हुदैनथ्यो । कहाँको माली बा कहाँको नक्कली बा !
माली बा भन्दै हुनुहुन्थ्यो “त्यो तिम्रो बा होईन नानी । त्यो त नरपिसाच हो । त्यसले जे पनि भन्छ । जे पनि गर्छ । उसको पछि नलाग । उस्सो पछि लाग्नेहरु आज धेरै पछुतोमा परेका छन् । उसका आफ्नै सन्तानले पनि उसलाई विश्वास गर्न छोडेका छन् । तिम्रा बा बितेपछि तिम्री आमाको यौवन र जवानीमाथि आँखा गाड्ने धेरै थिए । त्यसमध्येको एउटा खेलाडी त्यो पनि हो । त्यसले तिम्री आमालाई बलात्कार गर्न खोजेको थियो । तिम्री आमा ज्याद्री भएर मात्र हो । नत्र के के गरिसक्थ्यो त्यसले । ‘आई लभ यु’ भन्दै बिहे गर्ने नाटक पनि नगरेको होईन उसले । केहि सीप नलागेर अब तिमीहरुलाई आमासँग भड्काउन खोजिरहेको छ । यदि तिमी भड्कियौं भने तिमलाई पनि बेच्नेछ उस्ले । साबधान नानी । तिमीहरूको लालनपालनमा तिम्री आमाले धेरै मेहनत खर्च गरेकी छिन् । धेरै पीडा खपेकी छन । धेरै अपमान सहेकी छन् । त्यसको भारा तिर्न तिमीहरूले यो जुनीमा पनि सक्दैनौ ।”
तिम्रो गैरीखेत खान नपाएको झोकमा डोबाटोको साहु पनि तिम्री आमाको विरुद्ध ऐरे गैरै सबैलाई गोलबन्द गर्दैछ । उसले तिम्रा नक्कली बा मात्र हैन ठूलाघरे माईलो, बाटा पारीको साईलो, तिम्रै छिमेकी काका सबैलाई तिम्रो परिवार तहस नहस बनाउन सिकाई रहेको छ । तिम्री आमालाई कसैसँग टासो लगाउन पाए गैरीखेत खर्लप्पै खान्थे भन्ने दाउमा छ उ । तिम्रो दाईलाई पनि उसैले उक्साई रहेछ । राम्रो जागिर दिने प्रलोभन देखाएको छ । घरमा तेरो हालीमुहाली चलाई दिन्छु भनेर उचालेको छ उसले । तिम्रो दाई तेहि साहुको उक्साहटमा तिम्रो नक्कली बालाई साथ दिंदैछ । तिम्रो आमाले मोटरबाईक नकिनिदिएको झोक फेर्दैछ । घर पोलेर कटेरो खोज्दैछ । गाई मारेर गधा पोस्दैछ ।
बा को हुन ? आमालाई नै था होला । तर, आमा मेरै हुन । यसमा कुनै शंकै छैन । उनैले नौ महिना कोखमा राखिन् । दशधारा दूध पिलाईन । हुर्काईन, बढाईन । मलाई संसार देखाईन । आज म जे छु, उनकै माया र कृपाले छु । उनले नचाहेको भए म हुने नै थिईन । भई हाले पनि रहने थिईन । उनले जे गरिन मेरा लागि गरिन । जे गरिनन् त्यो पनि मेरै लागि गरिनन् । उनी महान छन् । उनीभन्दा ठूलो यो संसारमा कोहि हुनै सक्दैन । तर, आज मैले उनको लागि के गरें ? उनलाई कमजोर ठानें, आफुलाई महान । उनले मलाई होईन, मैले उनलाई जन्माएको भन्ने ठाने ! बाँच्न त अब उनी नभए पनि म बाँचुला, तर, मैले उनलाई आमाको स्थानमा राख्न सकिन भने भोली म कहाँ बसौला ?! मेरा सन्तानले मलाई कहाँ राख्लान् ?
“बा, हजुर बालाई फाले पनि डोको चाहिं नफाल्नु, किनकी फेरि हाम्लाई चाहिन्छ ।” भन्ने अवस्था आउन सक्छ !
कुनै कुनै बेला पनि कस्तो आउँदो रहेछ !? एउटा कुरा मनमा लागे पछि अरूका कुरा सुन्नै मन नलाग्ने ! आमामाथि गद्दारी गरेर नक्कली बाको पछि लागेर हिंडेपछि सानु काका हामीलाई सम्झाउन आउनु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो “छोरी घर फर्क । अझै केहि बिग्रेको छैन । दाईलाई पनि सम्झाउ । आमाको स्याहार गरेर बस्यो भने सारा सम्पत्ती तिमीहरू कै हो । तिमीहरू मिलेर बस्यौ भने दोबाटे साहुको केहि लाग्दैन । माली बा पनि बुढा भैसके । त्यो सम्पत्ती स्याहार्न पनि तिमीहरु घर फर्किनु पर्छ । तिमीहरू फर्केनौ भने तिम्रो सम्पत्ती गिद्धले मासु लुछे जस्तो सबैले लुछ्ने छन् । अनि तिम्रो परिवार त सकिन्छ नै समाजमा आफ्ना सन्तानप्रतिको आमाको भावनामा पनि गहिरो ठेस लाग्ने छ । तिम्री आमा महान छन् । आफ्ना सन्तानले अक्षम्य गल्ती गरे पनि सहज रुपमा तिमीहरुलाई स्वीकार गर्छिन ।”
त्यहि नमानेको भएर पनि होला आज झन् धेरै पीडा भएको छ । सबैले आफ्नो आमाको फोटो फेसबुकको वालमा राखेर पोष्ट गर्दा मैले मेरी आमाको नाकमा फूली लगाएको नयाँ फोटो पोष्ट गर्न सकिन । धिक्कार छ मलाई । फेरि बालाई सम्झिरहिछु साच्चीकै मेरा बा जीवित भएको भए आज यो दिन आउँदैनथ्यो होला ! मेरी आमाले पनि यो अवस्था भोग्नु पर्दैनथ्यो होला ! माली बा मैले हजुरले भनेको मानिन् मलाई माफ गर्नु होला । सानु काका हजुरको आग्रह शीरोपर गरें । ढीलै भए पनि मेरो होस खुलेको छ । चेत पलाएको छ । आमा तिमी महान छौं । महान रहि रहने छौ । म तिम्रै साथमा छु ।” –हजुर की छोरी रूक्शिला ।
मातातीर्थ औंसीले रूक्शिलालाई जस्तै सबैलाई चेत प्रदान गरोस् । आमाप्रतिको माया ममतालाई अझै गाढा बनाओस् । आमालाई औंसीमा मात्र हैन संधै सम्मान गरौं । पोले पनि घामै प्यारो, पीटे पनि आमै प्यारो ।

मे ११, २०२१, सिकागो, अमेरिका