सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दार्चुलाको गाउँ बस्तीमा कोरोना सङ्क्रमण बढ्दै


  •    न्युजभित्तो/२६ बैशाख २०७८, आईतवार १२:४१ 
  • दार्चुला, २६ वैशाख ।  तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको सङ्क्रणम फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ ।

    “रुघाखोकीको लक्षण देखिएका, ज्वरो आउने र टाउको दुख्ने भएका बिरामीको नमूना परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिन थालेका छ”, अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले भन्नुभयो, “गाउँका हरेक बस्तीसम्म सङ्क्रमित भेटिँदैछन् । अहिले गाउँपालिकाका वडा नं १, २, ३, ४ र ५ मा नमूनाका रूपमा एन्टिजेनमार्फत कोरोनाको परीक्षण गरिँदैछ । स्थिति भयावह नै छ, सावधानी अपनाउनुको विकल्प छैन ।”

    वडा नं ६ का वडाध्यक्ष गामसिंह धामीका अनुसार गाउँमा रुघाखोकी लागेर सिटामोल खानुको विकल्प छैन । उहाँले गाउँमा रुघाखोकीका बिरामी घरघरमा रहेको तर अहिलेसम्म परीक्षण नगरिएको बताउनुभयो ।वडा नं ६ स्थित आधारभूत स्वास्थ्यचौकी प्रमुख धनराज जोशीले दैनिक ८÷१० भाइरलका बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तिनीहरूको कोरोना परीक्षण गरिएको छैन तर रुघाखोकीले समस्यामा परेका धेरै छन् ।”

    गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालसहित १२ जनामा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छ । गाउँपालिकामा पर्याप्त मात्रामा एन्टिजेन किट नहुँदा सबैको परीक्षण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । “स्वाब परीक्षण गर्ने भिटिएम वा एन्टिजेन किट पर्याप्त भयो भने सबै ठाउँमा पर्याप्त गर्न मिल्थ्यो”, अध्यक्ष मन्यालले भन्नुभयो, “स्वास्थ्य कार्यालयबाटै थोरै मात्र एन्टिजेन र भिटिएम पठाइएकाले नमूनाका रूपमा परीक्षण गर्दैछौँ ।”

    थप १६ कोरोना सङ्क्रमित भेटिए

    दार्चुलामा वैशाख १५ गतेयता कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । शनिबार मात्रै जिल्लाका विभिन्न क्षेत्रमा गरिएको एन्टिजेन परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको महाकाली नगरपालिकाअन्तर्गत पर्ने पुलघाट नाकामा सात, जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा तीन÷तीन, मालिकार्जुनमा दुई तथा दुहुँ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्सन वीरेन्द्रराज भट्ट जानकारी दिनुभयो ।

    अहिलेसम्म महाकाली नगरपालिकामा सबैभन्दा बढी ७६, शैल्यशिखर नगरपालिकामा २१, लेकम गाउँपालिमा १७ र अपिहिमाल गाउँपालिकामा १२ कोरोना सङ्क्रमित रहेका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा आठ, नौगाड गाउँपालिकामा दुई, मार्मा गाउँपालिकामा १९ तथा दुहुँ गाउँपालिकामा सात गरी १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ । कोरोना सङ्क्रमित देखिएकामध्ये हालसम्म जिल्लामा एक पुरुष र एक महिला गरी दुईको मुत्यु भएको छ भने जिल्लाबाहिर उपचारका क्रममा तीन गरी जिल्लाका पाँच नागरिकको कोरोना सङ्क्रमणबाट मुत्यु भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.