सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालमा कोभिड वार्ड


  •    न्युजभित्तो/२१ बैशाख २०७८, मंगलवार ०७:५९ 
  • भरतपुर, २१ वैशाख । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याईएको छ । क्यान्सरको उपचार गर्न आउने बिरामीमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएमा राख्न मिल्ने गरी सोमबारदेखि वार्ड सञ्चालनमा ल्याईएको हो ।

    अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार हाललाई १५ शैयाको शैया तयार गरिएको छ । देशैभरीबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उहाँले बताउनुभयो । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ । यदि बिरामीलाई संक्रमण देखिएमा कोभिड वार्डमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ ।

    अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको शिलशिलामा चिकित्सक कर्मचारीलाई संक्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्थाा गरिएको बताउनुभयो । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई वटा मेडिकल कलेजमा संक्रमितको उपचार हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.