सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १६:२६ 
  • कैलाली, १४ वैशाख ।  सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षणमा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    कैलालीका मात्रै १४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकाका रहेका छन् । धनगढीका मात्रै १२७ जनामा संक्रमण देखिएको उनले बताए ।

    पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार कञ्चनपुर बेदकोट १ का ४८ वर्षीय पुरुष र कैलाली गोदावरी ५ कि ३५ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो ।

    अहिले अस्थायी कोरोना अस्पतालमा ४२ जना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये २ जना भेन्टिलेटरमा रहेका छन् ।

    मंगलबार नै कञ्चनपुरस्थित महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका वडा नम्बर ११ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनी भारतको दिल्लीबाट आएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.