सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा उत्पादित ‘अबि फ्रेस’ को शिलबन्दी पानीमा लामखुट्टे (भिडियो सहित)


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १५:५५ 
  • चितवन, १४ वैशाख । ईच्छाकामना इण्डण्ट्रिज प्रा.लि.ले उत्पादन गरेको अबि फ्रेस (ABI Fresh) प्रशोधित पानीमा लामखुट्टे भेटिएको छ । भरतपुरको गौरीगञ्जमा रहेको उक्त कारखानाबाट उत्पादित पानीमा मृत अवस्थामा रहेको लामखुट्टे भेटिएको हो ।

    (हेर्नुहोस् शिलबन्दी पानीमा देखिएको लामखुट्टे)

    https://www.newsvitto.com/wp-content/uploads/2021/04/ABI-Fresh.mp4

    बजारमा सर्वसाधारणले ‘शुद्ध पानी’ सम्झेर मिनिरल वाटरको रुपमा प्रयोग गर्ने पानीमा अति गैरजिम्मेवारीपूर्ण तरिकाले फोहोर वस्तु फेला पार्नुलाई मानव स्वास्थ्यमाथिको गम्भीर लापरवाहीका रुपमा लिईएको छ । भरतपुरको एक जिम हलमा पिउनका लागि लिईएको उक्त शिलबन्दी बोतलमा कालो वस्तु देखिएपछि हेर्दा प्रष्ट रुपमा लामखुट्टे देखिन्छ । उपभोग्य मिति पनि नसकिएको शिलबन्दी पानीमा लामखुट्टे भेटिनुलाई कम्पनीको गैरजिम्मेवारीपूर्ण कार्यकाका रुपमा लिईएको छ ।

    उक्त घटनापछि न्यूजभित्ताका प्रतिनिधि उक्त कारखाना पुग्दा उत्पादन स्थल पनि अति नै फोहोर रहेको थियो । पानी प्रशोधनमा खटिने व्यक्तिहरुले माक्स लगायतका सुरक्षा उपकरण लगाएको पाईदैनथ्यो ।

    (हेर्नुहोस् उक्त पानी उत्पादन गर्ने कारखाना)

    https://www.newsvitto.com/wp-content/uploads/2021/04/ABI-Fresh-2.mp4

    उक्त कम्पनीका सञ्चालक प्रकाश अधिकारीले आफूहरुले जानजान त्यस्तो नगरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो “कहाँ गल्ती भयो मैले सोचिरहेको छु ।”

    खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भरतपुरका प्रमुख घननाथ अधिकारीले शिलबन्द पानीमा फोहोर भेटिएमा परीक्षणका लागि पठाउने र परीक्षणमा अशुद्ध भेटिएमा कानुनी प्रक्रियामा जाने बताउनुभयो । उहाँले भन्नुभयो “आँखाले देख्न सक्ने फोहोर भनेपछि परीक्षणमा शुद्ध आउने कुरै भएन ।” उहाँले प्रमाणित भएमा ५० हजार रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजायँ हुन सक्ने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.