चितवनमा पार्टीप्यालेस सञ्चालनमा रोक, होटलमा पनि भोजभतेर र कार्यक्रम गर्न नपाईने
न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १३:५४
चितवन, १४ वैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका सबै पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ । कार्यालयले आज मंगलबार एक सूचना प्रकाशित गरी होटलमा समेत विवाह, व्रतबन्ध, भोजभतेर लगायतका कार्यक्रम गर्न रोक लगाएको हो ।
प्रशासनद्वारा जारी सूचनामा भनिएको छ “कोभिड १९ संक्रमण थप बढ्न सक्ने जोखिमलाई मध्यनजर गरी वैशाख १५ गतेदेखि अर्काे सूचना नभएसम्मका लागि जिल्लामा रहेका सबै पार्टी प्यालेस सञ्चालनमा रोक लगाईएको व्यहोरा सबैमा जानकारी गराईन्छ ।” सूचनामा अगाडि भनिएको छ “सूचनाको अवज्ञा हुने गरी पार्टी प्यालेस सञ्चालन गरे पार्टी प्यालेस वा होटल समेत जिम्मेवारी हुने छ ।”
कसैले अटेर गरेमा कसुरको आधारमा संक्रमण रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही हुने समेत सूूचनामा उल्लेख छ ।