सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेडियो त्रिवेणीको क्यालेण्डर लोकार्पण


  •    न्युजभित्तो/११ बैशाख २०७८, शनिबार १५:३४ 
  • भरतपुर, ११ वैशाख । रेडियो त्रिवेणी १००.६ मेगाहर्जले नव वर्ष २०७८ सालको क्यालेण्डर लोकापर्ण गरेको छ । आज शनिबार लोकतन्त्र दिवसको अवसर पारेर क्यालेण्डर लोकार्पण गरिएको हो ।

    सो अवसरमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले संचारको माध्यमद्वारा रेडियो त्रिवेणीले समाज रुपान्तरणमा खेलेको भूमिकाको उच्च प्रसंशा गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा जिल्लाका मिडिया हाउसहरु दिगो रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    कार्यक्रममा रेडियोका अध्यक्ष तेजनारायण खरेलले रेडियो क्षेत्रका लामो अनुभवी व्यक्तिलाई महासंघ जिल्ला शाखाले अध्यक्षको रुपमा पाएकाले चितवनका रेडियो र त्यसमा कार्यरत संचारकर्मीहरुलाई लाभ हुने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

    रेडियोका समाचार प्रमुख हेमराज रिमालले सहजीकरण गर्नुभएको कार्यक्रममा स्टेसन म्यानेजर मुकुन्द भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निर्देशकद्धय प्रकाश पौडेल र अर्जुन अधिकारी, साहित्यकार राधा कोईराला, शिक्षा प्रेमी नहेन्द्र खड्का, रेडियोका वरिष्ठ कार्यक्रम प्रस्तोता सिर्जन अविरल लगायतले बोल्नु भएको थियो ।

    सोहि कार्यक्रममा पत्रकार महासंघ चितवनका नव निर्वाचित अध्यक्ष नारायण प्रसाद अधिकारीलाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.