सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुस्ताङ र घुन्सामा नागरिक वैशाखमा हिउँ परेपछि दङ्ग


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १६:५१ 
  • बलेवा,, ९ वैशाख  ।  मुस्ताङको घरपझोङ गाउँपालिका–१ का ७८ वर्षीय जीतबहादुर रसायलीले बुधबार साँझ पहिलो पटक वैशाखमा हिउँपरेको देख्नुभयो ।

    मुस्ताङमा मङ्सिरदेखि फागुनसम्म मात्रै हिमपात हुँदै आएको थियो । यो वर्ष लामो समय नपरेको हिउँ वैशाखको दास्रो साता पर्न शुरु भएको हो ।

    उमेरले ८० को नजिकैरहनु भएका जीतबहादुरजस्ता यहाँका ज्येष्ठ नागरिकले कहिलै वैशाखमा हिउँ परेको देख्नुभएको थिएन । अचानक वैशाखमा हिउँ परेपछि यहाँका नागरिक दङ्ग परेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङमा बुधबारसाँझदेखि हिमपात भएको छ । मङ्गलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

    “मौसम परिवर्तनको असर भन्छन्, जीवनभर नदेखेको देख्नु पयो”, रसायलीले भन्नुभयो । बेसिजनमा भइरहेको हिमपातले खेतीपातीका लागि खासै फाइदा नगर्ने स्थानीय किसान बताउँछन् । मुस्ताङका गाउँ हिउँले ढाकेकाले यहाँको पर्यटनमा भने सहयोग गर्ने रसायलीले बताउनुभयो । अधिकांश भू–भाग हिउँले ढाकेकाले चिसो बढेको छ ।

    हिउँले जमीनको सबै भूभाग छोपेको छ । दैनिक रूपमा पोखरा जोमसोम उडान भर्ने हवाईजहाज पनि आउन सकेका छैनन । हिमपातका कारण आजका सबै उडान रद्द हुनसक्ने नागरिक उड्डयान कार्यालय मुस्ताङका प्रमुख दीपक विकले बताउनुभयो । हिउँले ढाकेकाले सडक हिलाम्मे भएको छ भने जिल्ला बाहिरबाट आउने सवारीसाधन निकै कम आवतजावत भएका छन् । मुस्ताङ आउने पर्यटकलाई केही असहज भएको होटल व्यवसायी बताउँछन् ।

    बेमौसमी हिउँका कारण दैनिक रूपमा गर्ने कार्यमा सामान्य समस्या आएको छ भने मुक्तिनाथ दर्शन गर्न र कोरला नाकासम्म जाने पर्यटक तथा तीर्थालुलाई सास्ती भएको पत्रकार आदित्य रसायलीले बताउनुभयो । यसैबीच फुङ्लिङ–ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा आज बिहानैदेखि हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा हिमपात भएको हो । हिमपात भएपछि विद्यालयमा विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो ।

    हिमपता भएपछि अत्याधिक चिसो मौसम हुने भएकाले कक्षा कोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज बिहानदेखि नै हिउँ परिराछ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो, पढाउँनै पयो । पढाउँदानी हिमतापका कारणले मौसम एक दम चिसो भएको छ ।” हिमपातले चौंँरी साथै पशुपालकलाई पनि चिसोका कारणले समस्या भएको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । ताप्लेजुङमा बिहानदेखि नै वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.