सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आग्रह


  •    न्युजभित्तो/९ बैशाख २०७८, बिहीबार १६:३० 
  • चितवन , ९ वैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गरि कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो ।

    मन्त्रीपरिषदको निर्णय बमोजिम भरतपुर महानगरपालिका भित्र रहेका शैक्षिक संस्थाहरु बिद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र बैशाख मसान्त सम्म भर्चुअल वा बैकल्पिक शिषण सिकाईका बिधिहरु अपनाइ शैक्षिक गतिबिधि संञ्चालन गर्न अनुरोध गरिएको छ । यस्तै माध्यामिक शिक्षा परिक्षा(एस.ई.ई) परिक्षा बाहेक अन्य परिक्षा सञ्चालन गर्दा आलोपालो प्रणाली अनुसार संञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटवजार, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिड हुने अन्य सबै कार्यक्रम बैशाख मसान्त सम्म वन्द गर्न निर्देशन दिएको छ ।

    मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै नित्य पूजा, ध्यान र प्रार्थना मात्रै गर्ने गराउने, सपिङ् मलहरु, डिपार्टमेन्टल स्टोरहरुमा एकपटकमा पच्चीस जना भन्दा वढि मानिस जम्मा नहुने, दुई व्यक्तिहरु बिचको दुरी दुई मिटर कायम गर्न, मास्क अनिवार्य रुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । प्रशासकीय अधिकृत खेमराज पौडेलद्धारा हस्ताक्षर गरिएको सूचनामा मेला, महोत्सब, जात्रा, बिबाह न्वारन, पास्नी, ब्रर्तवन्ध, धार्मिक अनुष्ठान मलामी लगायतका अत्याबश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा पच्चीस जना भन्दा वढि नहुन र जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ । बिबाह व्रतवन्ध गर्दा पार्टी प्यालेस प्रयोग गर्नु परेमा मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारी संग पूर्ब स्वीकृति लिन समेत अनुरोध गरिएको छ ।

    सार्वजनिक यातायातका सवारी साधनमा सञ्चालन गर्दा सिट क्षमता भन्दा वढि यात्रु नराख्न, सबै यात्रुलाई मास्क अनिर्वाय गर्ने, सवारी साधनमा नियमित सेनिटाइजरको व्यवस्था गर्न समेत सूचनामा अनुरोध गरिएको छ । कार्यालय र पसल जस्ता सार्वजनीक स्थलमा सेनिटाइजर र मास्कको अनिर्वाय प्रयोग गर्न, सार्वजनिक तथा निजी सेवा प्रदायकले बिद्युतीय प्रणाली मार्फत सेवा प्रदान गर्न, होटल तथा रेष्टूरेन्टहरु बिहान ८ वजे देखि वेलुका ८ वजे सम्म मात्र संञ्चालन गर्न प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
    नियमहरुको उल्लंघन गरेमा सङ्क्रमण रोग ऐन २०२० बमोजिम कारवाही तथा सजाय हुने सूचनामा जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.