सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेघौलीमा चराचुरूङ्गीलाइ गरियो पिजडामुक्त


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १५:३६ 
  • मेघौली (चितवन) ७ वैशाख । जिल्लामा २६ औँ वन्यजन्तु सप्ताह २०७८ को अवसरपारेर पश्चिम चितवनको मेघौलीमा वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त गरिएको छ । हरेक वर्ष संरक्षणमूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको यो दिवसको अवसरमा चितवन नेचर गाइड एसोसिएसन मेघौली घटगाई उपसमितिले अभियान थालेको हो ।

    कार्यक्रमका प्रमुख अतिथी चितवन राष्ट्रिय निकुञ्जका सहायक प्रशासकीय अधिकृत राजु घिमिरेले ‘बर्ड वाचर’का लागि स्वर्ग कहलिएको चितवन पर्यटकीय हबबाट बिस्तारै चरा हब बन्दै गयको बताउनुभयो।

    नेपालमा पाइनेमध्ये ७० प्रतिशत बढी प्रजातिका चरा चितवनमा पाइने बताउँदै उहाँले यहाँका घाँसेमैदान र सिमसार क्षेत्र चराको बाक्लो बासस्थान क्षेत्र रहेकोले यसको संरक्षण गरिनु पर्ने बतताउनुभयो । कम समय र सुरक्षित वातावरणमा धेरैभन्दा धेरै प्रजातिका चरा अवलोकन गर्न पाइने चितवनमा नेपालमा पाइने आठ सय ८६ प्रजातिका चराहरू मध्य तीन सय ३४ प्रजातिका चरा र ३७ प्रजातिका लोपोन्मुख चराहरूमध्ये २४ प्रजातिका चराहरू यहाँ पाइने जानकारी जानकारी दिनुभयो ।

    चितवन चराहरूको बासस्थान मात्र नभई बसाइसराइको गन्तव्य पनि रहेको र गर्मी याममा यहाँ ४७ प्रजातिका चराहरू बसाइसराइ गरी आइपुग्छन् भने जाडोयाममा एक सय ४१ प्रजातिका चरा जाडो छल्न आइपुग्छन् । देशका विभिन्न भागबाट समेत चराहरू चितवन आसपास प्रजनन गर्न आउने स्थानीय चराविद् टीकाराम गिरी बताउनुहुन्छ ।

    विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र नारायणी–राप्ती नदी आस पासलाई चराको सुरक्षित बासस्थान क्षेत्र मानिने ब्ताउदै संरक्षणवीद उदयचन्द्र अर्यालले पछिल्लो समयमा निकुञ्ज क्षेत्रभित्र बढेको मानवीय चहलपहल, ध्वनि प्रदूषण, वन फँडानी, तालतलैयाहरू सुक्नु, नदीहरू प्रदूषित हुनु, निकुञ्ज आसपासका क्षेत्रमा आवादी बढ्नु, बालीनालीमा कीटनाशक औषधिको प्रयोग हुनु, आहाराको कमी तथा विश्वव्यापी जलवायु परिवर्तनको असर आदि समस्या चराहरूको आगमन तथा बृद्धिमा ह्रास आउनुको कारण रहेको बताउनुभयो ।

    चराचुरूङ्गीले गुड लगाउने मौसम शुरू भएको बताउदै नेचर गाइड एसोसिएसन मेघौली घटगाई उपसमितिका अध्यक्ष मनेष लिम्बूले तिनको बासस्थान संरक्षण गर्दै मेघौलीलाइ वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त क्षेत्र बनाउन अभियान थालिएको बतताउनुभयो ।

    अध्यक्ष लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा घरमा पालियको वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त गरेर अभियानमा साथ दिने शनिश्चरा महतो, भिम बाहादुर थापा, अशोक कुमाल र शिव भण्डारीलाइ सम्मान गरिएको थियो । कार्यक्रममा नेचर गाइड एसोसिएसन चितवनका अध्यक्ष राजेन्द्र धामी तथा भरतपुर २७ का वडाध्यक्ष गोविन्द तामाङ नेचरगाइड विष्णु भुषाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा वैशाख १ देखि ७ गतेसम्म वन्यजन्तु सप्ताह मनाइदै छ । विभागले हरेक वर्ष जस्तै यस वर्ष पनि ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने मूल नाराका साथ २४औँ वन्यजन्तु सप्ताह मनाइरहेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.