सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकका पर्वत सदरमुकाम कुश्माबजार भरिभराउ


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १४:५७ 
  • पर्वत, ७ वैशाख ।  धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङ जाने आउने पर्यटकका कारण यतिबेला पर्वत सदरमुकाम कुश्माबजार भरिभराउ हुन थालेको छ ।

    दैनिक सयौँको सङ्ख्यामा पर्यटक कुस्मा बजार हुँदै ओहोरदोहोर गर्ने गरेका छन् । सडकमा आन्तरिक र बाह्य पर्यटक जति नै दौडिए पनि त्यसको सम्बन्ध कुस्मासँग थिएन । कुस्मासहित पर्वतमा रहेका प्राकृतिक पर्यटकीय गन्तव्य प्रवद्र्धन नहुनु तथा आधुनिक मानव निर्मित गन्तव्यको पनि अभावका कारण आउने जाने मात्रै हुन्थ्यो । नेपालकै पहिलो अग्लो र लामो झोलुङ्गे पुल कुस्मा र कटुवाचौपारी जोड्ने गरी बन्यो । यसपछि भने मुस्ताङ आवतजावत गर्ने पर्यटक कुस्मा बजारभित्र छिर्न थाले । यसको केही समयमा बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल बनेपछि पर्यटक झनै आकर्षित भए । केही महीना अगाडिबाट बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि ५६७ मिटर लम्बाइको झोलुङ्गे पुल बन्यो । यसलाई विश्वकै लामो पदयात्री पुल दाबी गरिएको छ ।

    जिल्लामा रहेका झोलुङ्गे पुलले मात्र पर्यटकलाई आकर्षित गर्न नसकिरहेका बेलामा ‘द क्लिफ’ कम्पनीले शुरु गरेको बञ्जीजम्पले भने जिल्लामा पर्यटकको चहलपहल एकाएक बढाइदिएको छ । स्काइ साइक्लिङ, स्विङ र बञ्जीमा दैनिकजसो पर्यटकको आवागमन हुँदा बजार क्षेत्रमा चहलपहल बढेको छ । साहसिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको पर्वतमा अब यी मात्रै सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो जीप लाइन बन्नेक्रम चलिरहेको छ । गत मङ्सिर महीनाबाट निर्माणको काम चलिरहेको जीपलाइनको अहिलेसम्म करीब ७० प्रतिशतभन्दा बढी काम पूरा भएको हार्नेस जीपलाइन प्रालीका अध्यक्ष विदुर पौडेल बताउनुभयो । बञ्जीजम्पमा आउनेलाई ध्यानमा राखेर रिसोर्टसमेत सञ्चालन गरिएजस्तै जीप लाइनमा पनि रिसोर्टको सुविधा दिइने गरी निर्माणको काम भइरहेको छ । उहाँले जीप लाइन निर्माणको शिलान्यास हुँदा सिसाको पुल निर्माण गर्नेबारे कुनै योजना नरहेको भए पनि त्यसको केही समयमा पर्यटकको आकर्षणका लागि त्यो पनि प्याकेजका रूपमा आउनसक्ने भएकाले अब बनाउने योजना राखेको बताउनुभयो ।

    यससँगै ह्युमन स्लिङसटमा पनि पर्यटकले आनन्द लिन पाउने भएका छन् । भारतीय निर्माण कम्पनी श्याम जीपलाइनका इञ्जिनीयर नवीन मेस्सीका अनुसार पर्वतमा बन्न लागेको जीप लाइनको लम्बाइ एक हजार ४०० मिटर रहेको छ । यसलाई ‘सुपरम्यान’ शैलीको अर्थात् सुपरम्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ । जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो । जिल्लाको जीपलाइनमा एकैपटकमा दुई जनासँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जीपलाइनको गतिभर पर्ने भए पनि जीपलाइनमा यात्रा शुरु गर्दा प्रतिघण्टा १३० किमीको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने उनको भनाइ छ ।

    कालिगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा शुरु हुनेछ भने त्यसको ल्याण्डिङ कालिगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ । जीपलाइनका एक जना लगानीकर्ता कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुस्मामा बन्ने जीपलाइनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकाले अन्यत्र ठाउँमा रहेका जीपलाइनभन्दा पर्वतको जीपलाइनमा पर्यटकको आकर्षण बढी हुने बताउनुभयो । यसको लगानी कम्तीमा पनि रु ११ करोडभन्दा कम नहुने लगानीकर्ता बताउँछन् । आधा दर्जन अग्ला र लामा पुल, यान्त्रिक पुल, बञ्जीजम्प, जीपलाइन र आसपासमा रहेको नेपालकै लामा गुप्तेश्वर र अलपेश्वर गुफाले दिनप्रतिदिन पर्यटक बढ्दै गएको पर्यटन व्यवसायीले बताएका छन् । अहिलेको भिडभाडले कोरोनाले थलिएको व्यवसाय माथि उठ्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.