सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद


  •    न्युजभित्तो/३१ चैत्र २०७७, मंगलवार १०:४३ 
  • घोराही, ३१ चैत । आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

    घोराहीका तीनजना युवाहरुले आफूहरुमाथि सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका एक बालिका र युवतीले मुद्धा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभई उनीहरुलाई दुःख दिन उजुरी हालेको भन्दै बयान फेरेका थिए ।

    दाङ देउखुरी जिल्ला अदालतका जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले बयान फेर्नेलाई उल्टै कैद गर्ने फैसला गरेको हो ।

    चैत २३ गते बसेको न्यायाधीश थापाको इजलाशले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षती पुर्‍याएको ठहर गर्दै नाबालिग भएकाले बालिकालाई छोडिएको र जाहेरवाली अर्की युवतीलाई भने एक महिना कैद र ती युवतीबाटै बलात्कारको आरोप लागेका तीनजना युवाहरुलाई क्षतिपूर्तिस्वरुप जनही २५/२५ हजार उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरिले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.