सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नाइँ नभन्नू ल ६’को छायांकन तालिका कोरोनाको कारण प्रभावित


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १३:३३ 
  • काठमाडौं, ३० चैत  । कोरोनाको नयाँ प्रजाति संक्रमणको जोखिमको कारण फिल्म प्रदर्शन मात्र हैन, छायांकन समेत प्रभावित हुन थालेका छन् ।

    सरकारले फिल्म लगायतका भीडभाड हुने गतिविधि तत्काललाई रोक्न आग्रह गरेपछि सुटिङमा जान तम्तयार निर्माताहरु रोकिएका हुन् । यस्तो मनस्थितीमा हिट फिल्मका सिक्वेल समेत छन् ।

    बैशाख पहिलो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘नाइँ नभन्नू ल ६’को छायांकन तालिका प्रभावित बनेको छ । नेपाल प्रेससँग कुरा गर्दै निर्माता एवं निर्देशक विकास आचार्यले छायांकन पोस्टपोन्ड भएको जानकारी दिए ।

    उनका अनुसार भदौदेखि छायांकन सुरु हुनेछ । ‘हामी बैशाखदेखि फ्लोरमा जाने तयारीमा थियौं र यसका लागि कास्टिङ लगायतका काम पनि हुँदै थिए’ आचार्यले भने, ‘अब भने कोरोना ठीकठाक भए भदौदेखि फ्लोरमा जाने योजना छ ।’

    आचार्यले फिल्मका मुख्य कलाकारको कास्टिङ गर्दै थिए भने, अन्य तयारी समेत हुँदै थियो । नेपाली बक्सअफिसमा हिट मानिने नाइँ नभन्नू लको छैठौं सिक्वेल प्रतीक्षित थियो ।

    कोरोनाको दोस्रो लहरको त्रासले सुटिङमा जाने तयारीमा रहेको फिल्म ‘कबड्डी ४’लाई समेत प्रभावित तुल्याएको छ । निर्माता मणिराम पोखरेलले अवस्था हेरेर बैशाख पहिलो सातादेखि सुटिङमा जाने योजना कायमै रहेको बताए ।

    उनले सुटिङमा जानुअघि सबै कास्ट एन्ड क्रिउको पीसीआर परीक्षण गर्ने योजना रहेको र कोरोनाको दोस्रो लहर त्रासले अन्यौल भएपनि योजना परिवर्तन नभएको जनाए । दोस्रो वेभले अन्य थुपै्र फिल्म प्रोजेक्टलाई प्रभावित तुल्याएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.