नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस
न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १२:४४
जनकपुरधाम, ३० चैत । नेकपा (माओवादी केन्द्र)ले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस गरेको छ।
ती चार जना प्रदेश सभा सदस्य ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीस्वरूप उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरिएको हो।
माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्र प्रदेश २ को संसदीय दलका नेता भरत साहले जानकारी दिए।
चारै जना प्रदेश सभा सदस्यलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइसकिएको उनले बताए।
यी चार जना नेकपा एमालेमा लागेपछि पार्टी केन्द्रीय समितिले स्पष्टिकरण सोधेको थियो। २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिए पनि नदिएपछि उनीहरूलाई पदमुक्त गरिएको संसदीय दलका नेता साहले बताए।
माओवादी केन्द्रको प्रदेश सभामा ११ जना सांसद थिए।
यता माओवादी केन्द्रको कारबाहीमा परेकी प्रदेश सभा सदस्य ज्वाला साहले पार्टी निर्माण प्रकृयामा लागेकाले यो कारबाहीले केही फरक नपर्ने प्रतिक्रिया दिएकी छिन्।
‘म विचारको राजनीति गर्दै आएकी छु,’ साहले भनिन्,‘त्यसैले मलाई कारबाहीमा पर्नुको कुनै डर छैन।’
यसअघि माओवादी केन्द्रले ओली समूहमा लागेका प्रतिनिधि सभाका चार जना सांसदलाई पनि पदमुक्त गरेको थियो।