सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश १का मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक डाके


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार ११:४४ 
  • विराटनगर, ३० चैत । लामो समयदेखिको संसद गतिरोध हटाउन मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक डाकेका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरूलाई बैठकमा सहभागिताको लागि निमन्त्रणा गरिएको एमाले प्रमुख सचेतक वुद्धीकुमारराज भण्डारीले बताए ।

    सर्वदलीय सहमतिको आधारमा संसद सुचारु गर्न बैठक बोलाइएको भण्डारीले बताए ।

    प्रदेश १ सभाको हिउँदे अधिवेशनअन्तर्गतको छैटौं बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले अवरोध गर्दै आएका छन् ।

    चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका वहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने भन्दै ती दलले संसद बैठक अवरोध गर्दै आएका हुन् ।

    माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूहरूको माग पूरा नभएको खण्डमा सोमबारको बैठक पनि अवरुछ गर्ने जानकारी दिएका छन् ।

    गत माघ ७ गतेबाट प्रदेश १ को सातौं हिउँदे अधिवेशन शुरू भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.