सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत


  •    न्युजभित्तो/३० चैत्र २०७७, सोमबार १०:२२ 
  • चितवन, ३० चैत । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सनाखत हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खडक लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् । एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना भएको थियो ।

    ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खस्दा सवार १९ जना घाइते भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य रहेको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना आइतबार साँझ ७ः३० बजे भएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.