सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संबिधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दलहरु मिलेर सरकार वनाउनु उत्तम : माओवादी अध्यक्ष “प्रचण्ड”


  •    न्युजभित्तो/२९ चैत्र २०७७, आईतवार १४:०६ 
  • चितवन, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारको असंबैधानीक र अलोकतान्त्रीक कदमका बिरुद्ध संघर्षमा सडकमा गएका शक्तिहरु मिलेर सरकार बनाउनुपर्ने बताउनु भएको छ । आँफ्नो निर्वाचन क्षेत्रमा आउनु भएका दाहालले आज पत्रकारहरुसंग कुराकानी गर्दै कस्को नेतृत्वमा सरकार वनाउने भन्ने कुरा सहमतीबाट हुने बताउनुभयो ।

    संबिधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दलहरु मिलेर सरकार वनाउनु उत्तम हुने भन्दै उहाँले भन्नुभयो “जसमा सहमती हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।” देशमा असहज र अस्वभाबिक स्थिति पैंदा भएको भन्दै उहाँले प्रधानमन्त्रीलाई आँफुहरुले कानुनी रुपमानै हटाई सकेको दाबि गर्नुभयो । दाहालले थप्नुभयो “सरकारले गरेको निर्णय सर्वोच्चले उल्टाए पछि उहाँले राजिनामा दिनु पथ्र्यौ ।” केही दिन भित्रै प्रधानमन्त्रीलाई हटाउने दाबि समेत उहाँले गर्नु भयो ।

    फरक प्रसंगमा दाहालले कम्युनिष्ट एकता सम्भव रहेको बताउनुभयो । उहाँले आँफुहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्टहरु एक भएर लोकतन्त्र र समाजबादका निम्ति काम गर्नु पर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.