सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लहानमा सुनचाँदी व्यवसायीको हत्या आशंकामा दुई जना पक्राउ


  •    न्युजभित्तो/२९ चैत्र २०७७, आईतवार १०:११ 
  • जनकपुरधाम,२९ चैत्र । गए राति १२ बजे लहानमा सुनचाँदी व्यवसायीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका-७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन् ।

    शंकाकै आधारमा अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाले उनको पहिचान गोप्य राखेको छ ।

    लहान नगरपालिका-२३ स्थित कोठा भाडामा लिएर सुनचाँदी पसल गरेका ४० वर्षीय प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरिएको छ । उनका श्रीमती ३७ वर्षीया अमिता विश्वकर्मामाथि लुटेरा समूहले खुकुरी प्रहार गरेका छन् । अमिताको उपचार लहानस्थित सप्तऋषि अस्पतालमा भइरहेको छ ।

    विश्वकर्मा दम्पतीले लहान–२३ का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा अमित ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गरिरहेका थिए । सुनचाँदी लुट्न गएकाहरूले प्रदीपको टाउकोमा खुकुरी प्रहार गरेको र छातीमा दुई गोली हानेर हत्या गरेको प्रहरीको भनाइ छ । श्रीमान्‌लाई बचाउन खोज्दा अमिताको हातमा लुटेरा समूहले खुकुरी प्रहार गरको बताइएको छ ।

    अहिले घटनास्थलमा प्रहरीले कसैलाई जान दिएको छैन । घटनापछि स्थानीय शोकमा डुबेका छन् । अहिले घटनास्थलमा सर्वसधारणको भीड लागेको छ ।

    ‘सबै सामान दिन्छु नमार्नुस् भन्दा पनि हत्या गरे’
    अस्पतालमा उपचाररत मृतककी श्रीमती अमिताले भनिन्, ‘राति करिब १२ बज्दै थियो । ड्याङडुङ गर्दै आएका हतियारधारीहरूले ढोका फोडे । मेरो श्रीमान् रोक्न खोज्दा टाउँकोमा खुकुरी हान्यो । अनि छातीमा दुई गोली मारेपछि मेरो श्रीमान् ढले । म बचाउन जाँदा उनीहरूले हातमा खुकुरी प्रहार गरेर घाइते बनाए ।’

    ‘कोहीले गोली हान्थ्यो, कोहीले खुकुरी । म त उनीहरूलाई देखेरै बेहोस् भएँ’, अमिताले सुनाइन्, ‘हजुर, सबै समान दिइहाल्छु मलाई नमार्नुस् भन्दा पनि उनीहरूले खुकुरी हान्यो । लुटेराहरू भागेपछि म बाहिर निस्केर छिमेकीहरुलाई उठाएँ, त्यतिबेलासम्म मेरो श्रीमान्‌को प्राण गइसकेको थियो,’ उनले भक्कानिँदै भनिन् ।

    सुनचाँदी व्यवसायी संघका अध्यक्ष विकाश सारडाले यस घटनाप्रति दुःख व्यक्त गर्दै सबै अपराधीलाई चाँडो पक्राउ गरी कारबाहीका लागि माग गरेका छन् । उनले सिराहाका व्यवसायी असुरक्षित बनेको भन्दै शान्ति सुरक्षाको माग समेत गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.