सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एपीएफलाई ६ गोल गर्दै जुगेडीको जु क्वाटर फाइनलमा


  •    /२७ जेष्ठ २०७६, सोमबार १९:४० 
  • चितवन । भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा जारी पाँचौँ चितवन च्याम्पियनसिपअन्तर्गत आज सोमबारको खेलमा जु फुटबल क्लब जुगेडी विजयी भएको छ । जु फुटबल क्लबले ६–३ गोल अन्तरले सशस्त्र प्रहरी बलको एपीएफ क्लब भण्डारालाई पाखा लगाएर क्वाटर फाइनल प्रवेश गरेको हो ।

    आजको खेलमा जु फुटबल क्लबका तर्फबाट जितेस गुरुङले ह्याट्रिक गर्दै टिमलाई विजय पथमा डोर्याएका थिए । जुकै तर्फबाट विजय श्रेष्ठले दुई तथा सुशील लामाले एक गोल गरेका प्रतियोगिताको आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । सशस्त्र प्रहरी बलका तर्फबाट अभिषेक भुजेलले दुई तथा अमित धिमालले एक गोल गरे ।

    आजको प्रतियोगितामा जु फुटबल क्लबका जितेस गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई उद्योग वाणिज्य संघ चितवनका निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले ट्रफी प्रदान गरेका थिए ।

    प्रतियोगिता अन्तर्गत भोलि मंगलबार हर्दी युवा समाज भण्डारा र भैरव स्पोर्टस् क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.