सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एपीएफलाई ६ गोल गर्दै जुगेडीको जु क्वाटर फाइनलमा


  •    /२७ जेष्ठ २०७६, सोमबार १९:४० 
  • चितवन । भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा जारी पाँचौँ चितवन च्याम्पियनसिपअन्तर्गत आज सोमबारको खेलमा जु फुटबल क्लब जुगेडी विजयी भएको छ । जु फुटबल क्लबले ६–३ गोल अन्तरले सशस्त्र प्रहरी बलको एपीएफ क्लब भण्डारालाई पाखा लगाएर क्वाटर फाइनल प्रवेश गरेको हो ।

    आजको खेलमा जु फुटबल क्लबका तर्फबाट जितेस गुरुङले ह्याट्रिक गर्दै टिमलाई विजय पथमा डोर्याएका थिए । जुकै तर्फबाट विजय श्रेष्ठले दुई तथा सुशील लामाले एक गोल गरेका प्रतियोगिताको आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । सशस्त्र प्रहरी बलका तर्फबाट अभिषेक भुजेलले दुई तथा अमित धिमालले एक गोल गरे ।

    आजको प्रतियोगितामा जु फुटबल क्लबका जितेस गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई उद्योग वाणिज्य संघ चितवनका निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले ट्रफी प्रदान गरेका थिए ।

    प्रतियोगिता अन्तर्गत भोलि मंगलबार हर्दी युवा समाज भण्डारा र भैरव स्पोर्टस् क्लब नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.