सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न


  •    न्युजभित्तो/२० चैत्र २०७७, शुक्रबार १२:३२ 
  • म्याग्दी, २० चैत । म्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ ।

    पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना प्रमुख तुलाराज चौलागाईले हालसम्म २२ वटा दुई कोठे, नौ वटा तीन कोठे र २५ वटा चार कोठे भवनको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

    “चालू आर्थिक वर्ष २०७७÷७८ मा ३७ वटा चार कोठे, तीन वटा तीन कोठे, १० वटा दुई कोठे भवन निर्माणाधीन अवस्थामा छन्”, उहाँले भन्नुभयो, “२२ वटा शौचालय र दुई वटा खानेपानी आयोजनाको निर्माण सकिएको छ । २८ शौचालय र २५ खानेपानीका योजना निर्माणाधीन अवस्थामा छन् ।” उहाँका अनुसार कक्षाकोठा भवन पुनःनिर्माणमा रु २८ करोड ७४ लाख ६५ हजार १५३ खर्च भएको छ ।

    यसैगरी शौचालयमा रु तीन करोड ६४ लाख, ६१ हजार ९२ र खानेपानी आयोजना निर्माणमा रु ५७ लाख ५० हजार ८२० खर्च भएको छ । भूकम्पले क्षति पुगेका १०५ विद्यालयका ३४४ कक्षाकोठामध्ये १७१ को निर्माण सम्पन्न भइसकेका छन् भने १७३ कक्षाकोठाको निर्माण अन्तिम चरणमा पुगेका छन् । कतिपय विद्यालयमा दोस्रो चरणमा भवन निर्माण भइरहेको छ । सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण भएपछि पठनपाठन सहज र विद्यार्थीले सुरक्षित महसुस गरेका रितुङ माबी, रघुगङ्गा–८, घ्याँसीखर्कका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले बताउनुभयो ।

    प्राधिकरणले चार कोठे भवनलाई रु ७० लाख ४० हजार, तीन कोठेलाई रु ३५ लाख ८० हजार, दुई कोठेलाई रु २३ लाख ९० हजार, शौचालयलाई रु १५ लाख र खानेपानी आयोजनालाई रु सात लाख ४० हजारका दरले अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकम कर र आयोजना व्यवस्थापन खर्चसहित अधिकतम हो । टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुनेगरी लागत अनुमान तयार पारिएको छ ।

    वैदेशिक सहायता शीर्षकबाट दाताले प्रतिबद्धता जनाएको बजेट समयमा नआउँदा भवन निर्माण गरेको तीन महीनासम्म पनि भुक्तानी नपाएको कैलाश मावि दोवाका प्रअ शीरबहादुर गर्बुजाले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिअन्तर्गत उपभोक्ता समितिमार्फत भवन निर्माण योजना कार्यान्वयन गर्ने कार्यविधि छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग, उपभोक्ता समितिले गर्नुपर्ने काम ठेकेदारलाई दिने र ढिलासुस्ती मुख्य विद्यालय भवन पुनःनिर्माणमा देखिएका चुनौती हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.