सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालुवाटार जग्गा प्रकरणमा बाबुरबम भट्टराई र माधव नेपालविरुद्ध आज सर्वोच्चमा सुनुवाइ


  •    न्युजभित्तो/१६ चैत्र २०७७, सोमबार ११:५० 
  • काठमाडौँ, १६ चैत । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाई उत्मुक्ति दिएका पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । अख्तियारले ललिता निवास जग्गा प्रकरणमा ३ तत्कालीन मन्त्री, केही कर्मचारी तथा अन्य गरी १ सय ७५ जनाविरुद्ध मुद्दा चलाउँदा यी दुई पूर्व प्रधानमन्त्रीलाई भने मुद्दा चलाउने नपर्ने ठहर गरेर उन्मुक्ति दिएको थियो ।

    यो निर्णयविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले यी दुई पूर्व प्रधानमन्त्रीविरुद्ध समेत मुद्दा चलाउन माग गर्दै अख्तिययार दुरुपयोग अनुसन्धान आयोग र महान्यायधिवक्ताको कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा मुद्दा हालेका थिए । पटक पटक सुनुवाइ हुन नसकेको यो अग्राधिकारप्राप्त रिट आज फेरि पेशी चढेको हो । न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको ७ नम्बर इजलासमा सो मुद्दाको पेशी एक नम्बरमा परेको छ ।

    बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरुसहितलाई मुद्दा चलाएको थियो । तर, मन्त्रिपरिषदको निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले मन्त्रिपरिषदको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए । यो जग्गाका विषयमा विभिन्न समयमा मनित्रपरिषदबाट विभिन्न निर्णयहरु हुँदा माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.