सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक शुरू


  •    न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार १२:४७ 
  • काठमाडौँ, १३ चैत । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक शुरू भएको छ ।

    कलंकीस्थित मेगा पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरू भएको हो ।

    केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र त्यस्मा चार नेताले दिएको जवाफलगायतका विषयमा धारणा बनाउने बताइएको छ ।

    आजै ३ बजे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् । त्योभन्दा अघि बोलाइएको माधव पक्षधरको केन्द्रीय सदस्यहरूको बैठकमा दलको बैठकमा जाने वा नजानेबारे पनि छलफल हुने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले बताए ।

    बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.