सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड-माधव छलफल, एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध पुनरावलोकनमा जाने


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १६:५६ 
  • काठमाडौं १२ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि छलफल चलेको छ । कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच बैठक भएको स्रोतले जनाएको छ ।

    सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादीमा फर्काइदिएपछि पेरिसडाँडामा अन्तिम स्थायी कमिटी बैठक गरेर छुट्टिएका नेताहरूबीच यसबीचमा बैठक र छलफल भने चलिरहेका छन् ।

    सर्वोच्चको फैसलाविरुद्ध प्रचण्ड शुक्रबार न्यायिक पुनरावलोकनमा जाँदैछन् । यसका लागि माधव नेपालनिकट वरिष्ठ अधिवक्ता शम्भु थापाले पुनरावलोकनको फिराद लेख्नेलगायतका सबै काम गरिरहेका छन् ।

    एमालेको माधव नेपाल पक्षले सर्वोच्चको फैसला राजनीतिक र अचम्मको भएको टिप्पणी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने बताइरहेको छ । यसै सन्दर्भमा छलफल गर्न नेताहरूबीच बैठक भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

    प्रतिनिधिसभा पुनःस्थापनाको एक महिना बितिसक्दा पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेस अग्रसर नभएपछि प्रचण्ड(माधव पक्ष झस्किएको छ । विदेशी शक्तिले कांग्रेस र जसपालाई ओली हटाउनबाट रोकेको आशंका प्रचण्ड(माधवको छ ।

    सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेको दिन चितवनमा रहेका प्रचण्ड र माधव नेपाल फागुन १२ गतेको आमसभा छाडेर काठमाडौं फर्की सीधै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

    देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि उनी हतारिएनन् । त्यसैबीचमा एमाले र माओवादी ब्युँतिएपछि प्रचण्ड(माधव पक्ष कमजोर बनेको छ । देउवाले सरकार परिवर्तनका लागि अग्रसरता लिएका छैनन् ।

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपाले निर्णय नगरेको अवस्थामा देउवा सत्ता समीकरणको खेलमा नलाग्ने भएका छन् । माओवादी भने अविश्वास प्रस्तावमा कांग्रेस जसपा तयार नभएसम्म समर्थन फिर्ता लिँदा केपी ओली झन् बलियो बन्ने आशंकाले रोकिएको छ ।

    माधव नेपाल पक्षले ओलीलाई सत्ताबाट हटाउन सक्दा एमालेमा उनको प्रभाव कम गर्न सकिने भएकाले अविश्वास प्रस्तावमा जसपालाई सहमत गराउन प्रयास गरिरहेको छ ।

    यसबीचमा प्रचण्ड र माधव नेपालबीच पटक(पटक छलफल भए पनि विपक्षी दलहरू ओली हटाउन तयार नहुँदा संकटमा परेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.