सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीको प्रतिनिधि बनेर गृहमन्त्री धर्ना स्थलमा, रेशम चौधरीको रिहाइबारे सरकारले वार्ता टोली गठन गर्ने


  •    न्युजभित्तो/१२ चैत्र २०७७, बिहीबार १६:५३ 
  • काठमाडौं १२ चैत । कारागारमा रहेका सांसद रेशम चौधरीको रिहाइबारे वार्ता गर्न सरकारले वार्ता टोली गठन गर्ने भएको छ। चौधरीको रिहाइका लागि राजधानीको माइतीघर मण्डलामा पाँच दिनदेखि चलिरहेको धर्ना कार्यक्रममा सहभागि गृहमन्त्री रामबहादुर थापाले यस्तो जानकारी दिएका हुन्।

    बिहीबार धर्ना स्थल माइतीघर मण्डलामा पुगेका थापालाई थारु अगुवाले १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए। त्यसलाई सरकारले सम्बोधन गर्ने बताउँदै उनले सरकारले वार्ता टोली बनाउने जानकारी दिएका हुन्।

    ‘यसरी तपाईंहरुले निरन्तर धर्ना दिएर मात्रै समस्याको हल हुँदैन,’ थापाको भनाइ छ, ‘हल गर्नका लागि तपाईंहरुले वार्ता टोलि गठन गर्नूहोस् । सरकारका तर्फबाट पनि आज क्याबिनेट छ, त्यहाँबाट वार्ता टोली गठन र्छौं। अब छिट्टै वार्तामा बसेर यी १९ बुँदे समस्याहरु राख्नु भएको छ, यसलाई हामी वार्ता र संवादबाट नै निष्कर्षमा लगेर हल गर्ने सोचेका छौं ।’

    नयाँ सत्ता समीकराणका लागि सत्तारुढ एमाले र जसपाबीच भएको वार्तामा चौधरी रिहाइको विषय पनि उठ्ने गरेको छ। टीकापुर घटनामा चौधरीलाई अदालतले दोषी ठहर गरेपछि उनी लामो समयदेखि डिल्लीबजार गारागारमा छन्। पछिल्लो पटक उनको रिहाइको विषय फेरि चर्चामा आएको छ।

    आफू प्रधानमन्त्रीका तर्फबाट धर्ना स्थलमा आएको बताउँदै गृहमन्त्री थापाले सरकार पनि यो समस्या समाधान गर्ने पक्षमा रहेको बताए। ‘प्रधानमन्त्रीको तर्फबाट, सरकारको तर्फबाट म अहिले उपस्थित भएको छु,’ थापाको भनाइ छ, ‘हामी पनि यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने पक्षमै छौं । यी विषयहरु उठाउनु भएको छ, यी विषयप्रति सरकारको धारणा सकारात्मक नै छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.