सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ऐन कार्यान्वयन नहुँदा रोकिएन जातीय भेदभाव


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १६:१४ 
  • अमरगढी, ९ चैत । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा छुवाछूतका घटनामा कमी आउन सकेको छैन । ऐन लागू भइसकेपछि दैलेख, कालिकोट, कास्की, धादिङ, सप्तरी र रुकुमपश्चिमको सोतीलगायत जिल्लामा अन्तरजातीय विवाह गरेका कारण, चुलो वा पानी छोइएको निहँुमा १० युवाले अकालमा ज्यान गुमाउनु परेको बताइएको छ ।

    अन्तरजातीय विवाह गर्ने कयौँ जोडीलाई कुटपिट गरी गाउँ निकाला गरिइएका छन् । ऐन कार्यान्वयनमा आउको नौ वर्ष पूरा हुँदा पनि प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक निकायले नै ऐनका बारेमा अनविज्ञता प्रकट गर्ने गरेको, छुवाछूत अपराधका दोषीलाई कारवाही नगरिएको र छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गराई कानूनी दायरामा पुग्नबाट रोक्ने प्रयास गरिएको दलित अधिकारकर्मीले गुनासो छ ।

    व्यवस्थापिका संसद्को २०६८ जेठ १० गते बसेकोे बैठकले सर्वसम्मतिबाट सो ऐन, पारित गरेको थियो । ऐनको दफा ४ को उपदफा २ क र ख मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय पा पेशाका आधारमा सो दफाबमोजिमको काम गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछूत गरेको मानिने र दफा ७ को उपदफा १ क मा कसूर गर्ने व्यक्तिलाई तीन महीनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

    तत्कालीन संविधानसभा सदस्य ज्ञानी गैरै ऐन लागू भइसक्दा पनि दलित युवाको हत्या हुनु दःुखद् भएको बताउनुभयो । उहाँले ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न यसका बारेमा प्रचारप्रसार गर्नुआवश्यक रहेको बताउनुभयो । अमरगढी नगरपालिका कानूनी सल्लाहकार विष्णु भट्ट छुवाछूत अन्त्यका लागि नगरपालिकाले सक्दो पहल गर्ने जानकारी दिनुभयो । मानवाधिकारकर्मी रामेश्वर जैरु मुलुकमा जातीयता छुवाछुत अन्त्य गर्न राज्य गम्भीर बन्नुपर्छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका डडेल्धुरा अध्यक्ष सुन्दर जैरु भन्नुहुन्छ, “ जातीय आधारमा छुवाछूत वा विभेद गर्नु अपराध हो ।”

    अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले ‘जातीय विभेद तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८’ को कार्यान्वयन अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । सुदूरपश्चिमा हाल पानी दलित र गैरदलित समुदायका धारा, नौला र घाटसमेत छुट्टाछुट्टै रहेका छन् । दलित समुदायले सञ्चलन गरेका व्यवसाय विभेदकै कारण दूधसमेत बिक्री नहुने गरेको नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भरत नेपालीले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.