सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भुज्रुङ्गखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १३:२२ 
  • गण्डकी, ९ चैत । पदयात्रा पर्यटनमा सन् १९८१ देखि चासो र चर्चामा रहेर पनि पछिल्ला समयमा ओझेलमा परेको भुज्रुङ्गखोला–घलेखर्क–ताराहिलटप–सिक्लेस पदमार्गको प्रवद्र्धन गरिने भएको छ ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धन एवं अखिल नेपाल पर्यटन मजदूर सङ्घ गण्डकी, कास्की जिल्ला समिति र पोखरा महानगरपालिका समितिको संयुक्त आयोजनामा उक्त क्षेत्रमा प्रवद्र्धनात्मक पदयात्रा गर्न लागिएको हो । पर्यटन मजदूरसहित पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिसहितको टोलीले यही चैत १० गतेदेखि उक्त पदमार्गमा दुई रात तीन दिनको पदयात्रा गर्न लागेको अखिल नेपाल पर्यटन मजदूर सङ्घ कास्कीका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिनुभयो ।

    पुरानो पदमार्ग भएर पनि सो मार्गमा व्यवस्थित चिया तथा खाजा खाने ठाउँ, होटेललगायत पूर्वाधार नभएका कारणपछि परेको उहाँले बताउनुभयो । अन्नपूर्ण हिम श्रृङखरासहितका हिमाली एवं पहाडी दृश्यलाई एक साथ अवलोकन गर्न सकिने यो पदमार्गमा पदयात्रा गर्दा अधिकतम दुई हजार ९०० मिटरको उचाइसम्म पुग्नुपर्छ ।

    घलेखर्कदेखि माथि गुराँसैगुरासको जङ्गल भएका कारण चैत वैशाखको समय यस क्षेत्रको पदयात्रा निकै मनोरम हुने पर्यटन व्यवसायी बताउँछन् । सम्भावना भएर पनि ओझेलमा परिरहेका पर्यटकीय गन्तव्यलाई पर्यटन सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्दै आएको बोर्डको प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।

    जथाभावी मोटरबाटो खन्ने क्रमसँगै पदयात्रा पर्यटन सङ्कटमा पर्दै गएका अवस्थामा पछि परेका अवस्थामा पुरान ऐतिहासिक पदमार्गको प्रवद्र्धन र उत्थान गर्न खोजिनुलाई सकारात्मक रुपमा लिइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.