सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली बजारमा भन्सार छलीका सामान


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १२:४५ 
  • सर्लाही, ९ चैत । सर्लाहीमा चोरी तस्करी तथा लागुऔषधको ओसारपसार बढेको छ । तस्करले सीमा पारीका भारतीय बजारबाट भन्सार छलेर लत्ताकपडा, खाद्यान्न, घरायसी सामान, मोटरपार्टस, मेसिनरी सामान, जुत्ताचप्पललगायत सामानका साथै विभिन्न किसिमका लागुऔषध नेपाल भित्र्याउने, नेपाली बजारमा पाइने घरेलु मदिरा र लागुऔषध भारतीय बजारमा पुयाउने गरेका पाइएको छ ।

    तस्करले जिल्लाका सबैजसो बजारमा अवैध रुपमा भन्सार छलेर ल्याएका सामान पुयाउन थालेपछि नेपाली व्यापारी मर्कामा परेका जिल्ला सदरमुकाम मलङ्गवाका व्यापारी राजकरण यादवले गुनासो गर्नुभयो । “त्यस्ता सामान सस्तो मूल्यमा पाइन थालेपछि हामीजस्ता वैध ढङ्गले व्यापार गर्ने ब्यापारीको व्यवसाय नै धरापमा परेको छ ।” नेपाल–भारत सीमा क्षेत्रमा सदरमुकाम मलङ्गवासहित पूर्वमा त्रिभुवन नगर–सोन वर्षा, पर्सा–सहोडवा, नारायणपुर दरवार लालबन्दी, संग्रामपुर नाका र पश्चिममा भेडियाही–लडकवा, खुटौना–भलुवाहा, भाँडसर–कन्हौली, बहादुरपुर, पकडीफेन्हारासहित बलरा नाका खुल्ला सिमाना भएका नाका हुन् । यी नाकाबाट तस्करले अवैध रूपमा भन्सार छलेर सामान ओसारपसार गर्ने गरेका छन् । चोरी तस्करीका कारण राजश्व सङ्कलनमा प्रभाव परेको भन्सार कार्यालय मलंगवाले जनाएको छ ।

    चोरी तस्करीका कारण व्यापार, व्यवसाय सुस्त भएकाले जिल्लाको व्यापार, व्यवसाय सहज बनाउन र सीमाको सुरक्षा व्यवस्था चुस्त बनाएर चोरी तस्करी नियन्त्रण गर्न आफुहरु प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिनिधिमण्डल जाने तयारीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताउनु भयो ।

    जिल्ला सदरमुकाम मलंगवा लगायत लालबन्दी, बरहथवा, बयलबास, गोडैता, कौडेना, पकडीफेन्हारा, संग्रामपुर, हरिपुर, हरिवन, नवलपुरलगायत बजारमा भारतबाट भन्सार छलेर आएका सामानका कारण भन्सार बुझाइएका सामान लुप्त रहेको व्यापारीले बताएका छन् ।

    भारतीय बजारमा मदिरा कारोवार गर्न नपाइने भएका कारण सीमावर्ती क्षेत्रका बजारमा यसको कारोवार बढ्दै गएको सीमा क्षेत्रका स्थानीयले बताएका छन् । भारतको बिहार राज्यमा मदिराको कारोवारमा पूूर्ण रुपमा प्रतिबन्ध लगाएपछि जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध मदिराको कारोवार बढेको उद्योग वाणिज्य सङ्घ सर्लाहीले जनाएको छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षामा कडाइ गरेपनि ससाना छाप्रो बनाएर अवैध रुपमा मदिराको कारोवार हुने गरेको छ । सीमा क्षेत्रमा अधिकांश मदिरा पसल भारतीय नागरिकद्वारा सञ्चालित छन् भने विना दर्ता सञ्चालनमा रहेका मदिरा पसलको नियमन पनि हुन सकेको छैन ।

    स्थानीय प्रहरीले मदिराको कारोवार रोक्न सीमा क्षेत्रका पसल सञ्चालकलाई पटक पटक आग्रह गरेपनि प्रहरीको आग्रहको बेवास्ता गरी सीमा क्षेत्रका व्यापारीले मदिराको कारोवार गर्दै आएका छन् । कतिपय ठाउँमा मदिरा बनाउने भट्टीमा छापा मारेर तयारी मदिरा र मदिरा बनाउन प्रयोग हुने सामान र कच्चापदार्थ जफत तथा नष्ट गरिसकेको भए पनि पुनःसञ्चालन भइरहेको पाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।

    नेपाल–भारत सिमा नाका अहिले बन्द रहेको छ । सीमा क्षेत्रका स्थानीयवासीले अवैध रुपमा हुँँदै आएको मदिराको कारोवार रोक्न र सीमा क्षेत्रमा शान्ति सुुरक्षा चुस्त दुरुस्त पार्न सर्लाहीका प्रमुख जिल्ला अधिकारीसँग पटकपटक आग्रह गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.