काठमाडौँ, ९ चैत । राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाता चिरञ्जिीवी पौड्याललाई पितृशोक परेको छ । उहाँका पिता पुनाखर उपाध्यायको ९८ वर्षका उमेरमा आफ्नै निवास बूढानीलकण्ठ पासिकोटमा भएको हो । पर्वत बिहादी गाउँपालिकामा जन्मनुभएका उहाँ केही वर्षदेखि काठमाडौँमा बसोबास गर्नुहुन्थ्यो ।
उहाँ केही वर्षदेखि मधुमेह तथा दम रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ । उपाध्याय नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनाका साथै उहाँले शिक्षाका माध्यमबाट तथा आयुर्वेदिक तथा जडिबुटीको प्रयोग गरी स्थानीय जनताको निःशुल्क सेवा गर्नुभएको पत्रकार पौड्यालले जानकारी दिनुभयो । रासस