सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धुर्मुस सहितको टोली मेची–महाकाली अभियानमा निस्कियो


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार ११:०२ 
  • चितवन,, ९ चैत । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमजनतालाई भावनात्मकरुपमा जोड्ने उद्देश्यले यसका मुख्य अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’सहितको टोली मेची–महाकाली अभियानमा निस्केको छ ।

    रंगशाला निर्माणकोे अवस्थाबारे घर-घरमा जानकारी बाँड्ने र जनतालाई अपनत्व महासुस गराउने यस अभियानको उद्देश्य रहेको धुर्मुसले बताएका छन् ।

    आज बिहान निर्माणाधीन रंगशाला परिषरबाट टोली कञ्चनपुरतर्फ प्रस्थान गरेको हो । मेचीदेखि महाकालीसम्मका ७७ वटै जिल्लामा पुग्ने टोलीको लक्ष्य छ । जसअनुसार पहिलो चरणको यात्रा कञ्चनपुरबाट सुरु हुने छ । १० र ११ गते कञ्चनपुरमा बिताएपछि १२ र १३ गते कैलाली, १४ र १५ गते बर्दिया, १६ र १७ गते बाँके, १८ र १९ गते दाङ, २० र २१ गते सुर्खेत, २२ र २३ गते कपिलवस्तु जाने कार्यक्रम छ । यसैगरी २६ र २७ गते परासी र नवलपुरमा बिताएर पहिलो चरणको यात्रा अन्त्य गरिने छ ।

    मेची–महाकाली यात्राका क्रममा सम्वन्धित जिल्लामा रहेका स्थानीय तहहरुका साथै जनताको घरदैलोमा पनि पुग्ने धुर्मुसले बताए । स्थानीय तहहरुलाई यसबारे पहिल्यै पत्राचार गरिसकिएको उनले जानकारी दिए ।

    ‘धेरै दिदीबहिनी दाजुभाइहरु रंगशालाको विषयमा जिज्ञासा भएर पनि टाढा भएकाले स्पटमा पुग्न सक्नुभएको हुँदैन, उहाँहरुलाई यो रंगशालासँग जोड्नका लागि पनि यो अभियान थालेका हौ,’ धुर्मुसले भने ।

    धुर्मुसका अनुसार पहिलो चरणको यात्रा समाप्त भएपछि टोली रंगशालामा फर्किने छ । केही दिन रंगशालामा विश्राम गरेपछि दोस्रो चरणको यात्रा आरम्भ गरिने उनले जानकारी दिए । भ्रमण टोलीमा धुर्मुसका साथमा अर्जुन घिमिरे ‘पाँडे’, निगम हुमागाईं, अर्जुन भुषाल लगायत छन् ।

    ‘यो यात्राका क्रममा हामी पश्चिम महाकाली नदी, पूर्व मेची नदी तथा लुम्बिनीको माटो ल्याएर वैशाखमा रंगशालाको मैदानको पीचमा त्यसलाई समाहित गर्नेछौं,’ फेसबुक लाइभमा आएका धुर्मुसले बताए ।

    धुर्मुस मेची–काली अभियानमा रहँदा पनि रंगशाला निर्माणको काम भने रोकिने छैन । धुर्मुसको अनुपस्थितिमा कुञ्जना घिमिरे सुन्तलीले त्यहाँको जिम्मेवारी सम्हाल्नेछिन् ।

    अहिले रंगशालामा २ सय ८६ वटा पिल्लरहरु उठिसकेका छन् । नयाँ वर्षको अवसरमा पहिलो चरणको प्याराफिट तयार हुने अपेक्षा लिइएको धुर्मुसले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.