सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १०:५५ 
  • महोत्तरी, ९ चैत । महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आइतबार पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गर्नु भएसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो ।

    गौशाला बजारस्थित गौशाला नगरपालिकाको पुरानो भवनमा केन्द्र सञ्चालन भएको छ । आयुर्वेद पद्धतिमार्फत उपचार गर्ने उद्देश्यले सो सेवा केन्द्रको स्थापना भएको हो । केन्द्रले आयुर्वेद पद्धतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति आम मानिसलाई उत्प्रेरित गर्नुपर्ने पूर्वमन्त्री पोखरेलले बताउनुभयो । “ध्यान, योग र साधना मानिसका लागि स्वस्थ्य रहन आधारभूत कुरा हुन्”, पूर्वमन्त्री पोखरेलले भन्नुभयो, “विद्यालयमा यसबारे कक्षा नै सञ्चालन गर्न सम्बन्धित विद्यालय, स्थानीय तह र केन्द्रले पहलकदमी लेओस् ।” आयुर्वेद पद्धतिको उपचार सेवालाई बल पुर्याउन आम किसानलाई यहाँको माटो र हावापानी सुहाउँदा जडीबुटी खेतीमा उत्प्रेरित पनि गर्न पर्ने पोखरेलको सुझाव थियो ।

    “वर्तमान परिवेशमा सर्वप्रथम मानिसलाई जीवनपद्धति परिवर्तन गर्नु आवश्यक छ”, पोखरेलले भन्नुभयो, “यसका लागि योग, ध्यान र साधनासँगै साविक खाना आधारभूत कुरा हुन् ।” यो पक्ष अँगालेपछि मानिस स्वस्थ्य रहने पोखरेलको भनाइ छ ।

    नेपाल सरकारले स्थापना गरेको केन्द्रको स्थापनाले अब जिल्लाको उत्तरी भेगका गौशाला, बर्दिवास र औरही नगरपालिकासहित सोनमा गाउँपालिकाका बासिन्दाले आयुर्वेद पद्धतिको उपचार पाउन सहज भएको छ । केन्द्रलाई स्थानीय तह, विद्यालय र गौशालास्थित सरकारी कार्यालय र संस्थाको समन्वयमा ऋतु परिवर्तन भएलगत्तै योग शिविरको आयोजना गर्न पोखरेलले सुझाव दिनुभयो । योसँगै स्वच्छ खाना बनाउने अभियानमा गृहणीलाई सामेल गरिन आवश्यकता रहेको पोखरेलको थप सुझाव छ ।

    गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले केन्द्रलाई नमूना औषधालयका रूपमा विकसित गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले पञ्चकर्ममा आधारित भई सेवाकेन्द्रको आवश्यकता महसुस गरेको महतोले बताउनुभयो । केन्द्रले नियमितरूपमा जनमुखी सेवाप्रदान गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्दकिशोरप्रसाद कुशवाहाले प्रतिबद्धता जनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.