सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रहरीको साङ्गठानिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्नसक्छ: मुख्यमन्त्री पौडेल


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १०:४६ 
  • काभ्रेपलाञ्चोक, ९ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठानिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताउनुभएको छ ।

    काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयको कार्यसम्पादन समीक्षा एवं आगामी रणनीति निर्धारण कार्यशाला गोष्ठी’मा उनले त्यसतर्फ सरकारको ध्यान जाने बताए ।

    तीन तहका सरकारको आ–आफ्न काम गर्ने कार्यक्षेत्र संविधानले नै व्यवस्था गरेकाले समायोजन भएर नआएसम्मका लागि त्यसको व्यवस्थापनको पहिलो दायित्व सङ्घीय सरकारको भएको उनले बताए । उनले समायोजन भइसकेपछि वाग्मती प्रदेशले प्रहरीका लागि धेरै काम गर्न सक्ने बताए । “जस्ताका छाप्रोमा र बहालमा बसिरहेका प्रहरीले साङ्गठनिक अवस्था चुस्त दुरुस्त नभएसम्म सोचेजस्तो काम गर्न सक्दैन”, उनले भने, “भवन निर्माणदेखि गाडी किन्ने कुरामा प्रदेश सरकारले निरन्तरता दिनेछ ।”

    ठूला लगानी एकै पटक गर्न नसकिए पनि ठूलो महत्व राख्ने सामान्य खालका कामका लागि अभावमा रहने अवस्था नहुने मुख्यमन्त्री पौडेलले बताए । त्यससँगै उनले गर्न सक्नेसम्मको अवस्थामा नयाँ प्रविधि जोडेर काम गर्न आवश्यक रहेको बताए । अब हिजोकै परम्परावादी सोच र त्यहीअनुसारका शैलीले माथि पुग्न नसक्ने उनको भनाइ थियो । त्यससँगै हरेक ठाउँमा ध्यान पुर्याउनुपर्ने प्रहरीको पीडा बुझ्न सकिएन भने गम्भीर समस्या हुने भएकाले समायोजन भएर आएपछि शववाहन, दमकल, एम्बुलेन्सलगायतका प्राविधिक कुरामा व्यवस्थापन गर्ने मुख्यमन्त्री पौडेलले बताए ।


    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.