सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव नेपालका लागि अप्रत्यासित र ठूलो क्षति


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १०:३९ 
  • काठमाडौँ, ९ चैत ।  चितवनबाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल शुक्रवारसम्म माधवकुमार नेपाल पक्षका प्रतिबद्ध सदस्य थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा सांसदहरूका तर्फबाट सांसद पोखरेलले नै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आफैं उभिएर बहस गरे ।

    कानूनी पृष्ठभूमिका सांसद पोखरेलले माधव नेपालको साथ छाड्ने कुरा चितवनको राजनीतिसँग मात्र होइन राष्ट्रिय राजनीतिसँग पनि प्रत्यक्ष सरोकार राख्छ । चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि गृहजिल्ला हो । लामो समय चितवनमा एमाले जिल्ला अध्यक्षको नेतृत्व सम्हालेका र पछिल्ला दुईवटा निर्वाचनमा प्रत्यक्ष निर्वाचित पोखरेलले क्याम्प चेञ्ज गर्ने निर्णय माधव नेपालका लागि अप्रत्यासित र ठूलो क्षति पनि हो ।

    माधव नेपाल क्याम्पमा रहेका पोखरेल शनिवार एमाले संसदीय दलको बैठकमा सहभागी भएर पार्टी नेतृत्वलाई सघाउने वचन दिए । गुटगत भेलामा सहभागी भएकोमा प्रायश्चित गरे । पोखरेलले कित्ता परिवर्तन गरेको साइड इफेक्ट प्रचण्डको राजनीतिसम्म पुग्ने सम्भावना छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि बाध्यात्मक रूपमा आ–आफ्नो पार्टीमा फर्केका प्रचण्ड र नेपाल अहिले पनि अघोषित सहकार्यमा रहेको एमालेको संस्थापन पक्ष (अध्यक्ष केपी ओली पक्ष)को आरोप छ ।

    यो कुरालाई स्वयं प्रचण्डले मलजल गरिरहेका छन् । बिहीवार  सिन्धुली पुगेका प्रचण्डले माधव नेपालहरूले एमालेमा विद्रोह गर्ने र भविष्यमा सहकार्य हुने बताएका थिए । पटक–पटक निर्वाचन क्षेत्र फेर्दै चितवन पुगेका प्रचण्डले एमालेको कुनै पक्षको साथ लिँदा नै चुनाव जित्छन् भन्ने माओवादीको विश्लेषण छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.