कांग्रेसको पौडेल पक्षले बैठक बोलायो न्युजभित्तो/८ चैत्र २०७७, आईतवार १३:३३ काठमाडौं ८ चैत। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आसन्न महाधिवेशनबारे छलफल गर्न पौडेल पक्षका नेताहरूलाई बोहराटार बोलाइएको हो । बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा।मिनेन्द्र रिजाललगायतलाई बोलाइएको पौडेलनिकट स्रोतले बतायो । २ बजेपछि बोहराटारमा बस्ने बैठकमा समसामयिक राजनीतिबारे कुरा हुने बताइएको छ । सो बैठकले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन सभापतिको ध्यानाकर्षण गराउने पौडेलनिकट नेताहरू बताउँछन् । तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
काठमाडौं ८ चैत। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आसन्न महाधिवेशनबारे छलफल गर्न पौडेल पक्षका नेताहरूलाई बोहराटार बोलाइएको हो ।
बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा.रामशरण महत, डा।मिनेन्द्र रिजाललगायतलाई बोलाइएको पौडेलनिकट स्रोतले बतायो ।
२ बजेपछि बोहराटारमा बस्ने बैठकमा समसामयिक राजनीतिबारे कुरा हुने बताइएको छ । सो बैठकले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन सभापतिको ध्यानाकर्षण गराउने पौडेलनिकट नेताहरू बताउँछन् ।