सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको नेतृत्व गर्न कांग्रेसलाई औपचारिक प्रस्ताव आएको छैन: कांग्रेस उपसभापति निधि


  •    न्युजभित्तो/८ चैत्र २०७७, आईतवार १२:२३ 
  • काठमाडौं, ८ चैत  । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नेतृत्व गर्न कांग्रेसलाई औपचारिक प्रस्ताव नआएको बताएका छन्।

    माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट कुराकानी भइरहे पनि कुनै पनि दलले कांग्रेसलाई सरकारको नेतृत्व लिन औपचारिक प्रस्ताव नगरेको उनले बताए। नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक संघको भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा पुगेका निधिले नयाँ सरकार बनाउन वातावरण अनुकूल भइनसकेको पनि बताए।

    ‘कांग्रेसलाई गत निर्वाचनमा जनताले प्रतिपक्षमा बस्न मत दिएका छन्,’ उनले भने, ‘सरकार गठन गर्न कांग्रेसले अग्रसरता लिएन भनेर किन आलोचना गर्ने? सरकार बनाउन कसैले पनि औपचारिक प्रस्ताव गरेको छैन। समय पनि अनुकूल भइसकेको छैन।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने पनि बताए। प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै नैतिकताको आधारमा ओलीले राजीनामा दिनुपर्ने उनको भनाइ थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.