सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघ चितवनको अध्यक्षमा प्रेस चौतारीबाट तिलकराम रिमाल सर्वसम्मत उम्मेदवार


  •    न्युजभित्तो/८ चैत्र २०७७, आईतवार १०:१६ 
  • चितवन, ८ चैत । प्रेस चौतारी चितवनले आसन्न नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनका लागि अध्यक्षमा तिलकराम रिमाललाई सर्वसम्मत रुपमा अगाडी सारेको छ । प्रेस चौतारी चितवनले शनिबार भरतपुरमा वृहत् जिल्ला भेलाको आयोजना गरी रिमाललाई अध्यक्षको उम्मेदावार घोषणा गरेको हो ।

    बि.सं. २०५३ सालदेखि चितवनको पत्रकारितामा सक्रिय रिमाल बि.सं. २०५८ सालमा महासंघको जिल्ला कार्यसमिति सदस्य हुनु भएको थियो । प्रेस चौतारी चितवनको संस्थापक सदस्य रिमाल चौतारीको जिल्ला, अञ्चल र प्रदेशका विभिन्न पदमा रही संगठनमा सक्रिय रहँदै आउनु भएको छ ।

    सो भेलाले प्रेस चौतारी चितवनको ५१ सदस्यीय जिल्ला कार्यसमिति विस्तार गर्दै महासंघको निर्वाचनका लागि वाग्मती प्रदेश सहसंयोजक शिशिर सिंखडाको संयोजकत्वमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ । उक्त समितिमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा र प्रेस चौतारी चितवनका अध्यक्ष सुवाष पण्डित रहनु भएको छ ।

    भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री दावा दोर्जे लामाले पत्रकारहरु व्यवसायिक हुनुपर्ने बताउनुभयो । पत्रकारहरुले सत्य, तथ्य विषयमा कलम चलाउँदै सरकारले गरेका राम्रा कामकोसमेत प्रचार प्रसार गरेर जनतालाई सुसुचित गराउनुपर्ने बताउनुभयो ।

    समाजको आँखाको रुपमा प्रेस रहेको भन्दै उनीहरु निश्पक्ष हुनुपर्नेमा लामाले जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले महासंघको आगामी निर्वाचनका लागि प्रेस चौतारी नेपाल र प्रेस युनियन बाहेकका सबै संगठनहरुले सहकार्य गर्ने निर्णय गरिसकेकाले चौतारी र युनियन बीच सहकार्य हुने सम्भावना बढेको बताउनुभयो । चितवनको महासंघमा प्रेस चौतारीको उपस्थिति बलियो भएको भन्दै गिरीले चौतारीले नेतृत्व गरेर अन्य पदमा सहकार्य गर्दै अगाडि बढ्न सकिने बताउनुभयो ।

    भेलामा प्रैस चौतारी नेपाल वाग्मती प्रदेश इन्चार्ज हिरा लामाले प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारहरुको हकहितका लागि सधैँ आवाज उठाउँदै आइरहेको बताउनुभयो । सो कार्यक्रममा प्रेस चौतारी नेपाल वाग्मती प्रदेश अध्यक्ष सरद सापकोटाले वाग्तमी प्रदेशमा प्रेस चौतारी बलियो भएको उल्लेख गर्नुभयो । प्रदेशका १० वटै जिल्लामा चौतारीले एक्लै उम्मेदवारी दिएमा पनि महासंघमा जित सुनिश्चित भएको भन्दै उहाँले प्रेस युनियनसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

    जिल्ला भेलामा प्रेस चौतारीका नेता तथा कार्यकर्ता साथै नेकपा एमाले तथा भातृ संगठनहरु अनेरास्ववियुकालगायतका नेताहरुको सहभागिता रहेको थियो । वनभोज कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता थियो । नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा नयाँ नेतृत्वका लागि आगामी चैत २५ गते देशभर निर्वाचन हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.