सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा मृत फेला


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १८:०४ 
  • काठमाडौँ, ६ चैत । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेल जंगलमा मृत फेला परेका दुई किशोरको पहिचान खुलेको छ ।

    मृतकमध्ये एक नुवाकोटका १५ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेपलाञ्चोका १६ वर्षीय मंगल तामाङ रहेका छन् ।

    मृतकहरुको शव नजिकै सल्फस नामक विषको बोतलसमेत फेला पारेकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान छ । काठमाडौं प्रहरी परिसरका एसपी रमेशकुमार बस्नेतले पोष्टमार्टमपछि एकिन भन्न सकिने बताए ।

    उनले नेपालप्रेससँग भने, ‘ती किशोरहरु स्कुलका विद्यार्थी हुन् भन्ने खुलेको छ ।’ उनीहरु काठमाडौंको असनस्थित बाङ्गेमुढामा बस्दै आएका थिए । आज ११ बजे प्रहरीले जंगलमा शव फेला परेको खबर पाएको थियो ।

    खबर पाउने बित्तिकै काठमाडौं प्रहरी परिसरको टोली, फेरेन्सिक टोली र महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको थिए ।

    घटनाको प्रकृति हेर्दा हत्या भएजस्तो नदेखिने अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । किन आत्महत्या गरे रु भन्ने लगायतका प्रश्नको उत्तर प्रहरीले खोजिरहेको छ । प्रहरीले घटनास्थलमा कुकुरसमेत खटाएको छ ।

    घटनास्थलबाट थप शंकाष्पद बस्तु फेला नपारेको र प्रहरीले उनीहरुको परिवारको खोजी गरिरहेको जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.