सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चार सिद्धान्तमा शान्ति सिद्धान्त थप्न सुझाव


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १६:३१ 
  • काठमाडौँ, ६ चैत । बौद्ध दर्शन र सञ्चार’ विषयमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधिप्राप्त डा बालकृष्ण चापागाईँले सञ्चारका विश्वव्यापी चार सिद्धान्तमा शान्ति सिद्धान्तलाई पाँचौँ सिद्धान्तका रुपमा समावेश गरिनुपर्ने आफ्नो अध्ययनको निष्कर्ष प्रस्तुत गर्नुभएको छ । राष्ट्रिय समाचार समिति रासस केन्द्रीय कार्यालयमा आज आयोजित उक्त शोधका सन्दर्भमा आयोजित परिचर्चा कार्यक्रममा राससका पूर्वअध्यक्ष डा चापागाईँले मानवतावादी र समानतावादी सोच र दर्शनका धनी गौतम बुद्धले आफ्नो ज्ञानलाई अन्तरमुखी, अन्तरवैयत्तिकm र समूह सञ्चार अवाधारणानुसार विश्वव्यापी फैल्याउन सफल भएकाले उहाँको शान्ति दर्शनलाई सञ्चार सिद्धान्तमा समिावेश गर्न आवश्यक रहेको तर्क प्रस्तुत गर्नुभयो ।
    सञ्चारमा अधिनायकतावादी, उदारवादी, सामाजिक उत्तरदायित्ववादी र साम्यवादी सिद्धान्त स्थापित छन् । उहाँले राससजस्तो जिम्मेवार संस्थाले सञ्चारबाट शान्ति सन्देश दिन सक्नुपर्ने जनाउनुभयो । प्रेस चौतारी नेपालका पूर्वाध्यक्ष डा चापागाईँले करीब आठ वर्षको समय लगाएर गर्नुभएको उक्त शोध अध्ययनलाई विश्वविद्यालयले गत फागुन १९ गते स्वीकृति दिएको थियो ।
    विद्यावारिधि हासिल गरेकामा बधाई दिँदै राससका अध्यक्ष श्यामल अधिकारीले बुद्धको सबैभन्दा बढी आकर्षण हुने सवाल विनयशीलता र प्रेम भएकाले यस्तो सन्देश दिने व्यक्तित्वका बारेमा सञ्चार अध्ययन गरिनाले सञ्चार क्षेत्रमा योगदान पुगेको बताउनुभयो । उहाँले बौद्धका कुनै पनि भिक्षु अनुयायीले रिस व्यक्त नगरेको बताउँदै सञ्चारकर्मीलाई पनि आफ्ना व्यवहारलाई विनयी बनाउन सुझाव दिनुभयो ।
    राससका महाप्रबन्धक ओपेन्द्र शर्माले शान्ति स्थापना र समृद्ध मुलुक निर्माणका लागि बुद्धका सन्देश उपयोगी भएकाले यस विषयमा शोधअध्ययन गर्नुभएकामा डा चापागाईँलाई बधाई दिँदै शान्ति पत्रकारितालाई अघि बढाउनुपर्ने बताउनुभयो ।
    सो अवसरमा राससका कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल, आलेख संयोजक एकराज पाठक, कार्यकारी सम्पादक कृष्ण अधिकारी, मदन गौतमलगायतले बौद्धदर्शनबारे जिज्ञासा राख्दै डा चापागाईँलाई बधाई दिनुभएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.