सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परीक्षामा चिट बनाइदिने पाँच जनालाई प्रहरीद्वारा पक्राउ


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १३:५९ 
  • जनकपुरधाम, ६ चैत । परीक्षामा चिट बनाइदिने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरको रामचोक नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अफसेट प्रेस र फोटोकाँपी पसलका संचालकहरु हुन् ।

    पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ । परीक्षा हलमा लैजान र चोरी गर्न सजिलो बनाउनका लागि मोटो पुस्तकलाई सानो साइजको बनाएर उनीहरुले बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

    धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले अनुगमनको क्रममा चिट तयार पार्नेहरु पक्राउ परेको र आवश्यक अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘चिट तयार पार्नु र पुस्तकको फोटोकपी गरी बिक्री गर्न पाइँदैन ।’

    जनकपुरका व्यवसायीले भने पक्राउ परेकालाई छाड्न दवाव दिन थालेका छन् । उद्योग वाणिज्य संघका पदाधिकारीले जिल्ला प्रहरी कार्यालय पुगेर पक्राउ परेकालाई छाड्न प्रहरी अधिकारीलाई दवाव दिएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.