सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दश वर्षमा त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १२:४१ 
  • उदयपुर, ६ चैत । चौदण्डी नगरपालिका–५ स्थित त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने भएको छ । निर्माण शुरुआत भएको दशवर्षपछि बल्ल सम्पन्न हुने चरणमा पुगेको हो ।

    सप्तरीको फत्तेपुर र उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार जोड्ने सो पुल विसं २०६७ मा महालक्ष्मी लोकप्रिय जेभी निर्माण कम्पनी काठमाडौँले निर्माण जिम्मा लिएको थियो । हालसम्म पुल निर्माण सम्पन्न नभएको चौदण्डी–५ का वडाध्यक्ष देवनारायण चौधरी जानकारी दिनुभयो । उहाँले पटक–पटक सम्बन्धित मन्त्रालय, विभाग र गाईघाट दिक्तेल सडक कार्यालयलाई जानकारी दिँदा पनि सुनुवाई नभएको बताउनुभयो ।

    सो कार्यालयका प्रमुख गोपाल खकुरेलका प्राविधिक र कोरोनाको कारण समयमा पुल निर्माण सम्पन्न हुन नसकेकोे बताउनुभयो । उहाँका अनुसार सो पुल रु ११ करोड २५ लाखमा सम्पन्न हुन लागेको हो । चौदण्डी नगर प्रमुख खगेन्द्र राई र उपप्रमुख राजकुमारी चौधरीले छिटो पुल निर्माण सम्पन्न गर्न नगरपालिकाले निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउँदै आएको बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.