सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिडिया नेपाल चितवन स्थापना : समिक्षा पुरीको अध्यक्षतामा समिति निर्माण


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार २२:३३ 
  • चितवन, ५ चैत । चितवनमा मिडिया नेपाल स्थापना भएको छ । आज बिहीबार एक कार्यक्रमको आयोजना गरी समीक्षा पुरीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा तिलक पौडेल, सचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा सविता महतो चयन हुनुभएको छ ।

    यसैगरी सदस्यहरुमा अनिशा थापा, आभाष राना, टेकलाल भुषाल, सुरज किरण, विनिता श्रेष्ठ, करिश्मा गुरुङ, दिपेन्द्र बर्तौला, प्रकाश भट्टराई, किरण राना मगर, अनिशा खनाल र शर्मिला बिक रहनु भएको छ । समितिको सल्लाहाकारमा दिपक पौडेल चयन हुनु भएको छ ।

    बागमती प्रदेश सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रिना गुरुङको उपस्थितिमा मिडिया नेपालको कार्यसमिति गठन भएको हो । गुरुङले नयाँ कार्यसमितिलाई शुभकामना दिदै देशलाई पत्रकार नभई राष्ट्रवादी पत्रकारको खाँचो रहेकोमा जोड दिनुभयो।

    सो अवसरमा मिडिया नेपालका केन्द्रीय सदस्य शंकर निर्देशले संगठनलाई चुस्त दुरुस्त बनाउन क्रियाशील भएर लाग्न सुझाव दिनुभयो । राप्रपा प्रदेश सदस्य ज्ञानु जङ्ग लामाले देशको चौंथो अंग पत्रकारले सत्य तथ्य समाचार लेखनमा कलम चलाउनु पर्ने बताउनुभयो । राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले देशलाई सकारात्मक र नकारात्मक कुन दिशमा लग्ने पत्रकारको हातमा हुने बताउँदै सिद्धान्तमा बसेर सकारात्मक भूमिका निर्वाह बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नवनियुक्त अध्यक्ष समिक्षा पुरीले मिडिया नेपाललाई मजबुत बनाउँदै राष्ट्रवावादी पत्रकार जन्माउन तिर अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मिडिया नेपालका केन्द्रीय सदस्य राजेन्द्र कार्की, प्रदेश सदस्य गीता गुरुङ, आशिका थापा, राप्रपा चितवनका उपाध्यक्ष जिवलाल पुरी, क्षेत्र नं ३ का अध्यक्ष मदन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.