सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगरपालिकाकै लगानीमा सडक कालोपत्र


  •    न्युजभित्तो/५ चैत्र २०७७, बिहीबार १५:४० 
  • चरीकोट, ५ चैत । दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागार्इंले जानकारी दिनुभयो ।

    नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उहाँले बताउनुभयो । भूकम्पपछि नगरपालिको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का नागरिकलाई लक्षित गरी आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले ७५० मिटर कालोपत्र र २५० मिटर ढलानको काम भइरहेकोे नगरपालिकाले जनाएको छ ।

    नगरपालिकामार्फत सडक पक्की बनाउने काम २०७८ जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी अमूल एण्ड स्नेहा कन्स्ट्रक्सन चरीकोटले निर्माणको जिम्मा लिएको छ । सो सडक खण्डमा कालोपत्रका लागि आवश्यक पूर्वधार जाली पर्खाल, मेसिनरी बाल, पक्की नाला, ह्युमपाइपसहितको कच्वे, सडक ढलानको सम्पन्न भएको निर्माण कम्पनीका प्रमुख प्रवीण श्रेष्ठले बताउनुभयो ।

    समय अवधि भन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उहाँले जानकारी दिनुभयो । अन्य क्षेत्रबाट स्रोत नभएपछि नगरपालिका आफैले लगानी गरेर सडक कालोपत्र निर्माणको काम शुरु गरेको हो । कृषि उत्पादनको भण्डारको रुपमा चिनिने जिलुमा सडक कालोपत्र भएसँगै कृषकसमेत खुशी भएका छन् ।

    उत्पादन भएका तरकारी तथा अन्य सामग्री सहज तरिकाले चरीकोट बजारसम्म लगेर व्यापार गर्नको लागि सहज हुने भएको कृषकले बताएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.