पत्रकार महासंघको निर्वाचनमा सबै मिलेर जान युनियनको आव्हान
न्युजभित्तो/४ चैत्र २०७७, बुधबार २१:१३
चितवन, ४ चैत । नेपाल प्रेस युनियन चितवनले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सबै संघ संगठन मिलेर जान आव्हान गरेको छ । युनियनको आज बुधबार भरतपुरस्थित कार्यालयमा बसेको बैठकले सबै संगठनहरुलाई समावेश गर्दै युनियनको नेतृत्वमा निर्वाचनमा होमिने गरी अघि बढ्न सबैसँग आह्वान गरेको हो ।
युनियनका अध्यक्ष अनिल ढकालले जिल्लामा क्रियाशील सबै पत्रकारसम्बद्ध संगठनहरुसँग समन्वय गरेर युनियनको नेतृत्वमा अघि बढ्ने गरी सहकार्य गर्न सबैसँग आह्वान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
पत्रकार महासंघमा श्रमजीवी पत्रकारहरुको उपस्थितिका लागि भए पनि सबैसँग सहकार्य गर्ने बेला आएकोले युनियनले आफ्नो नेतृत्वमा सबैलाई मिलाएर लैजाने ढकालले बताउनुभयो । “हाम्रो नेतृत्वमा सबैलाई मिलाएर लैजान चाहन्छौं, सबै मिलेर जानु उत्तम देखिन्छ” अध्यक्ष ढकालले भन्नुभयो ।
युनियनले निर्वाचनकै सन्दर्भमा रहेर विहीबार विहान युनियनका अगुवा पत्रकारहरुसँग छलफल गर्ने निर्णय समेत गरेको छ । साथै निर्वाचन लक्षित विभिन्न पक्षहरुसँग चरणवद्ध रुपमा छलफल गर्ने निर्णय समेत गरिएको सचिव प्रस्ताव सुवेदीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लाको एकैसाथ यही चैत २५ गते निर्वाचन हुँदैछ । महासंघको बुधबार बसेको बैठकले निर्वाचनको मिति तोकेको हो ।
यसैबीच युनियनले होली पर्वको अवसरमा ‘होली मिलन’ कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार बसेको बैठकले सबै पत्रकारबीच आत्मियता बढोस् भन्ने उद्देश्यले चैत १५ गते होली मिलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष अनिल ढकालले जानकारी दिनुभयो ।