सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजपाको रणनीति : आफ्नै नेतृत्वमा सरकार !


  •    न्युजभित्तो/४ चैत्र २०७७, बुधबार १२:५४ 
  • काठमाडौँ, ४ चैत । सत्ता समीकरणको केन्द्रविन्दुमा रहेका जनता समाजवादी पार्टी नेपाल जसपाको कार्यकारिणी समितिको बैठकप्रति सबै दलको ध्यान तानिएको छ ।​ सत्ता समीकरणको बारेमा निर्णय लिन जसपा नेपालले चैत ५ गतेदेखि कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकले के निर्णय गर्छ भन्नेमा माओवादी केन्द्र र एमालेका साथै काँग्रेस पनि उत्सुकता पूर्वक हेरिरहेको छ ।

    देशको समसामयिक राजनीतिक अवस्था तथा पार्टीको समायोजनलगायतका एजेण्डा तय गरेर बोलाइएको सो बैठकको मुख्य एजेण्डा अहिलेको समसायमयिक राजनीतिक अवस्था अर्थात सत्ता समीकरण नै हो । जसपा नेपालका नेताहरुले पनि सत्ता समीकरणको विषयमा कार्यकारिणी समितिमा छलफल हुने बताएका छन् । सो बैठकमा राजपाले आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल गर्नेछ ।

    कार्यकारिणी समितिका सदस्य शरत सिंह भण्डारीले काँग्रेस, माओवादी केन्द्र र एमालेसँग कसरी र कस्तो सहकार्य गर्ने बारेमा बैठकमा छलफल हुने बताए । तर यसपटक जसपाले काँग्रेस, माओवादी केन्द्र र एमालेलाई मात्र समर्थन गर्ने कुरा नआउने भन्दै उनले ती दलहरुले जसपालाई पनि समर्थन किन नगर्ने भन्नेमा बारेमा समेत छलफल हुने बताए । ‘जसपा नेपालले नै सरकारको नेतृत्व गर्ने विषयमा पनि छलफल हुन्छ’, उनले भने, ‘अहिले माओवादी र एमाले दुई वटै दललाई जसपा चाहिन्छ, जसपाले जहिले पनि ती दलहरूलाई समर्थन गर्दै आइरहेको थियो अब एकपटक जसपालाई पनि समर्थन गर्नुपर्छ भन्ने लाइनबाट पनि छलफल हुन्छ ।’

    त्यो भएन भने अरु मुद्दाका आधारमा कुन दललाई समर्थन गर्ने त्यस विषयमा पनि छलफल हुने उनले बताए । संविधान संशोधन, आन्दोलनका क्रममा पक्राउ परेका रेशम चौधरीलगायतका नेताहरुको रिहाइ, झुठा मुद्दा फिर्ता, घाइतेलाई चरण पोषणलगायतका माग जसले पुरा गर्छ उसैलाई समर्थन गर्न सकिने बताउँदै उनले यसपालि कागजमा सम्झौता गरेको आधारमा मात्र कुनै दलका नेतालाई प्रधानमन्त्री बनाउन नसकिने बताए ।

    ‘जसपा नेपालका लागि काँग्रेस, माओवादी र एमाले उस्तै उस्तै हुन्, त्यसमा कोही बढी छन् त कोही कम छन्’, उनले भने, ‘आफ्नै नेतृत्व हुन नसक्दा कुन दललाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुन्छ ।’

    एमालेलाई समर्थन गर्ने कि माओवादी वा काँग्रेसलाई समर्थन गर्ने अथवा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा पार्टीभित्र फरक फरक धारणा रहेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अशधवसोलीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन् भने पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरुले ओलीतिर ढल्किएका छन् ।

    त्यस्तै, पार्टीभित्रै शरत सिंह भण्डारी, राजकिशोर यादव, प्रदीप यादवलगायतका नेताहरुले जसपा नेपालकै नेतृत्वमा सरकार बन्नुपर्ने कुरा जोडतोडले उठाउँदै आएका छन् । यसरी पार्टीमै फरक फरक विचार आउन थालेपछि एकीकृत विचारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.