सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न अभियुक्त पक्राउ 


  •    न्युजभित्तो/४ चैत्र २०७७, बुधबार १०:५४ 
  • कैलाली, ४ चैत । कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

    रिसोर्टबाट पीडित पाँच जनालाई उद्धार गरिएको बताइएको छ । प्रनाउ विष्टका अनुसार चौधरीले पीडितहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग शारीरिक सम्पर्क गराउने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । निज चौधरीलाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.