सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन भण्डारी फाउण्डेशनको समीक्षा तथा अन्तक्र्रिया


  •    न्युजभित्तो/३ चैत्र २०७७, मंगलवार २२:४० 
  • नारायणगढ, ३ चैत । मदन भण्डारी फाउण्डेशन चितवनले समीक्षा तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । गत फागुन ११ गतेदेखि १५ गतेसम्म जिल्लामा सञ्चालित “सुशासन र समृद्धिका लागि सञ्चार” विषयक पत्रकारिता तालिमका विषयमा समीक्षा तथा अन्तक्र्रिया गरिएको हो ।

    नारायणगढमा आज मंगलबार आयोजित कार्यक्रममा सहभागीहरुले तालिमले व्यक्तिको जीवनमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिनुभयो । उहाँहरुले पत्रकारिता तालिमले पेशामा मात्रै नभई राजनीतिक जीवनमा पनि सकारात्मक प्रभाव पार्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा फाउण्डेसनका केन्द्रीय सचिव पेम्बा लामाले प्रशिक्षार्थीहरुलाई आफ्नो क्षेत्रका गतिविधिहरुलाई समाचार बनाउन आग्रह गर्दै लेखन कलालाई निरन्तरता दिएमा छिट्टै सफल सञ्चारकर्मी बन्न सक्ने बताउनुभयो । उहाँले तालिममा सहभागी भएकाहरुले मिडियामा आएका सत्य र भ्रामक समाचारहरु छुट्याउन सक्नु पर्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “तालिमले मात्रै पुग्दैन, छलफल र निरन्तरको प्रयोगले निखारता ल्याउनुपर्छ ।” राजनीतिकर्मीहरुले राजनीतिलाई पेशा बनाउन नहुने बताउँदै सचिव लामाले भन्नुभयो “हामी राजनीतिकर्मी हौं, राजनीति हाम्रो पेशा होइन ।”

    फाउण्डेसनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभासद् दीपक निरौलाले अहिलेको अवस्थामा सीपमुलक जनशक्ति उत्पादन गर्ने फाउण्डेसनको मुख्य लक्ष्य रहेको बताउनु भयो । निरौलाले यस्ता रचनात्मक कार्यले मदन भण्डारीप्रति सच्चा श्रद्धाञ्जली हुने बताउँदै भन्नुभयो “यो तालिम पत्रकारका लागि मात्रै नभई राजनीतिमा पनि उपयोगी हुन्छ ।” उहाँले पार्टीका केही साथीहरुले फाउण्डेसनलाई पार्टीको समानान्तर संगठनको रूपमा प्रचारबाजी गरेकामा असन्तुष्टी व्यक्त गर्दै भन्नुभयो “यस्ता भ्रामक प्रचारबाजीलाई चिर्दै अगाडी बढ्नु पर्छ ।” पार्टीको आन्तरिक जीवनमा पनि सञ्चार आवश्यक रहेको उहाँले औल्याउनुभयो ।

    कार्यक्रममा फाउण्डेशन चितवनका संस्थापक अध्यक्ष एवं बागमती प्रदेशका मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलिया, नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल, प्रदेश सभासद् विजय सुवेदी, फाउण्डेशन चितवनका उपाध्यक्ष एवं नेकपा (एमाले) भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, प्रेस चौतारी नेपाल चितवनका सहसंयोजक कृष्ण आचार्य लगायतले बोल्नु भएको थियो ।

    फाउण्डेशन चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव तिलक रिमालले गर्नुभएको थियो ।

    मदन भण्डारी फाउण्डेसनको आयोजनामा गत फागुन ११ गतेदेखि १५ गतेसम्म चितवनमा भएको तालिममा मकवानपुर, चितवन सहित अन्य जिल्लाका गरी ३५ जनाको सहभागिता रहेको थियो । तालिममा सञ्चार तथा मिडिया साक्षरता समाचार लेखन शैली, खोजी तथा पैरवी पत्रकारिता, न्यू मिडिया, सञ्चार कानुन र आचारसंहिता, जनताको बहुदलीय जनवादको आयाम र सिद्धान्त, नेकपाको स्थापनाकालदेखि अहिलेसम्मको उत्तरचढाव, फोटोग्राफी लगायतको विषयमा प्रशिक्षण दिईएको थियो ।

    कार्यक्रममा प्रशिक्षणमा सहभागी चितवनका सहभागीहरुले तालिमको अनुभव र त्यसपछिको प्रयोगका बारेमा बोल्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.