सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संगठनको बोर्ड परिवर्तन : प्रेस संगठनको हटाएर प्रेस चौतारी


  •    न्युजभित्तो/२ चैत्र २०७७, सोमबार १८:२० 
  • चितवन, चैत २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पत्रकारहरुको संगठनले आफ्नो कार्यालयको बोर्ड परिवर्तन गरेको छ । पार्टी नेकपा हुँदा प्रेस संगठनको नाममा काम गर्दै आएको संगठनले पार्टी नेकपा (एमाले) बनेसँगै प्रेस चौतारीका नाममा बोर्ड राखेको हो ।

    यससँगै साविक प्रेस चौतारी नेपाल जिल्लामा पुनः सक्रिय भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित दुरसञ्चार रोडमा कार्यालय स्थापना गरिएको छ । आज सोमबार कार्यालयमा बोर्ड परिवर्तन गर्नुका साथै संगठनका गतिविधिका विषयमा छलफल गरिएको जिल्ला संयोजक सुवास पण्डितले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    प्रेस चौतारी चितवन शाखामा संयोजक र सहसंयोजक तोकिएपछि संगठनका कामलाई तीब्रता दिईएको बताउँदै उहाँले भन्नुभयो “संगठनलाई पत्रकारहरुको अपनत्व हुने गरी अगाडि बढाउँछौं ।”

    संगठनका सहसंयोजक कृष्ण आचार्यले प्रेस चौतारी अब संस्थागत रुपमा अघि बढ्ने बताउनुभयो । उहाँले विगतमा चौतारीमा गोलबन्ध रहेका सबैलाई पुनः मूल घरमै फर्किएर एक ढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो । आगामी दिनमा प्रेस चौतारीका सबै गतिविधि कार्यालय मार्फत हुने जानकारी दिंदै भन्नुभयो “कार्यालय स्थापनासंगै झोलामा कार्यालय राख्ने परिपाटीको अन्त्य भएको छ ।

    सो अवसरमा प्रेस चौतारीको वागमती प्रदेश स्तरीय भेलामा जिल्लाबाट सक्रिय सहभागिता जनाउने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरिएको थियो । प्रेस चौतारी चितवनको आयोजनामा छिट्टै जिल्ला भेला र वनभोज कार्यक्रमको समेत आयोजना गर्ने तयारी गरिएको आचार्यले बताउनुभयो ।

    सो अवसरमा पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रेस संगठनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह–संयोजक शिशिर सिंखडा, प्रदेश कमिटी सदस्यहरु तिलकराम रिमाल, प्रतिमा शिलवाल, रामकान्त पौडेल, लक्ष्मण गौतम, मनोज घिमिरे, शान्ता अधिकारी, अग्रज पत्रकार सुरेश कुमार अधिकारी, नवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.